महोत्तरी । प्रहरीको काम शान्तिसुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने हो । तर महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर २ स्थित एनएमबी बैंक लुटपाट भएको एक महिनासम्म पनि प्रहरीले लुटपाटमा संलग्न दोषी फेला पार्न सकेको छैन । महोत्तरी गाउँपालिका २ मा रहेको एनएनबी बैंकको शाखा कार्यालयमा गएको जेठ १६ गते दिउँसो १२ बजे ३५ लाख रुपैयाँ लुटपाट भएको थियो । लुटपाट भएको एक महिनासम्म भए पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन ।जिल्ला प्रहरी कार्यालय महोत्तरी प्रमुख एसपी प्रकाश मल्ल ध्यान शान्तिसुरक्षामा भन्दा पनि कमाउ धन्दातिर बढी केन्द्रित हुने गरेको आरोप छ । बैंक लुटपाट भएको एक महिनासम्म पनि त्यसमा संलग्न दोषीहरु फेलापर्न नसक्ने एसपी मल्लले महोत्तरीका सीमाक्षेत्रमा सुरक्षा गर्नका लागि तीन जना घुुमवा परिचालन गरेका छन् ,!