Tuesday, January 21, 2025

आदिपुरुषका लेखक मनोज मुन्ताशिर शुक्लाले माफी मागेका छन् । आदिपुरुष फिल्मले सनातनी हिन्दु धर्मका बारेमा गलत प्रचार गरेको र रामायणका पात्रहरुलाई गलत रुपमा देखाएको भन्दै सवत्र आलोचना हुदाँ पनि माफी माग्न अस्विकार गरेका लेखकले अन्ततः एक महिना पछि माफी मागेका छन् ।

ताजा / भरखरै प्राप्त

‘आदिपुरुष फिल्मबाट जनभावनामा चोट पुगेको म स्वीकार गर्दछु, मेरा सबै दाजुभाइ दिदीबहिनी, ज्येष्ठ नागरिक, आदरणीय ऋषि मुनीहरू तथा श्री रामका भक्तजनहरूमा हात जोडेर निःशर्त माफी चाहन्छु,’ उनले टविटरमा माफी माग्दै अगाडी लेखेका छन, ‘भगवान बजरंगबलीले हामी सबैको कल्याण गरून्, हामीलाई एक र अटूट रहन र हाम्रो पवित्र शाश्वत र महान देशको सेवा गर्ने शक्ति प्रदान गरुन ।’

नेपाली चेली सितालाई भारतीय भनेर प्रचार गराएको भन्दै नेपालमा सो फिल्म प्रतिबन्ध लगाईएको थियो भने उनले लेखेका संबाद र भिएफएक्सका कारण रामायणका पात्रहरुलाई गलत तरिकाले प्रस्तुत गरेको भन्दै भारतका बिभिन्न अदालतमा सो फिल्म बिरुद्ध मुद्धा दर्ता भएको थियो ।

टपोरी भाषामा फिल्मका संबाद राखिएको भन्दै बिबादमा परे पछि केही संबाद सच्चाए पनि लेखक शुक्लाले आलोचनाहरुको प्रतिवाद गर्दै आएका थिए, जसकाकारण सो फिल्म आफनो लगानीसमेत उठाउन नसकेर फ्लप भएको थियो ।

बलिउड

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles