Tuesday, January 21, 2025

फेरि सत्ता संकटमा

ताजा / भरखरै प्राप्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार तीन दिनदेखि संसद अवरुद्ध गर्दै आएको छ ।सरदार प्रितम सिंहका सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले दिएको अभिब्यक्तिलाई लिएर अहिले एमाले र माओवादी नेताहरु एक अर्काबीच आरोप प्रत्यारोपमा उत्रिएका छन् भने यहि विषयलाई दिएर सत्ता संकट उत्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक सरदार प्रितम सिंह पटक पटक दिल्ली गएको भनी दिएको अभिब्यक्तिले सत्ता संकट उत्पन्न भएको छ ।
प्रधानमन्त्रीले दिएको अभिब्यक्तिलाई दिएर एमालेले राजीनामाको एक सुत्रीय माग राख्दै संसद चल्न दिएको छैन ।
प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भनी एमालेले राखेको माग असंसदीय भएको भन्दै राजीनामा दिनुपर्ने सत्ता गठबन्धनले औपचारिक निर्णय नै गरेको थियो । तर गठबन्धनको यस्तो निर्णय आए पनि प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसकै नेताहरु प्रधानमन्त्रीको अभिब्यक्तिप्रति दुखित भएका छन् ।विराटनगर पुगेका कांग्रेस नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीको अभिब्यक्तिले संसदको गरिमा र नेपाली जनतालाई समेत ठेस पु¥याएको बताए ।प्रधानमन्त्री बन्न र नेपालको सरकार सञ्चालनका लागि भारतीय आर्शिवाद चाहिने भावको प्रधानमन्त्रीको अभिब्यक्तिप्रति एमालेले विरोध गरिरहँदा माओवादीले आफूहरु मात्र होइन, एमाले पनि उस्तै हो भन्ने भावसहितको वक्तब्य दिएको छ ।
माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले विहीबार विज्ञप्ति जारी गर्दै एमालेलाई ‘रअ’को एजेन्टदेखि संविधान विघटन गरेको आरोप लगाएका थिए ।ओलीले शुक्रबार एक कार्यक्रममा बोल्दै ‘रअ’का एजेण्डलाई आफूले भेटेको स्वीकार गरेका छन् । योसँगै प्रचण्डले हालै गरेको भारत भ्रमणका क्रममा रअ’का एजेण्डलाई गोप्य रुपमा भेट गरि निमन्त्रण दिएको दाबी गरेका छन् ।एमालेले तीन दिनदेखि लगातार संसद अवरुद्ध गरेपछि प्रधानमन्त्री प्रचण्डले संसदमा प्रष्टीकरण दिने गठबन्धनले निर्णय गरिसकेको छ । तर एमाले भने संसद चल्नै नदिने रणनीतिमा छ ।
नेपालको सरकार नेपालको संसदले बनाउँछ कि बाहिरबाट ? भनेर सांसदहरुले राखेका जिज्ञासाको प्रधानमन्त्रीले जवाफ दिनका लागि पनि संसद चल्न दिनुपर्ने भन्दै राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले शुक्रबार एमाले सांसदहरुलाई सचेता गराएका थिए ।
प्रधानमन्त्री प्रचण्डको अभिब्यक्तिप्रति एमाले मात्र नभई अन्य विपक्षी दलहरुले पनि विरोध गरिरहेका छन् । विपक्षी दलहरुले विरोध गरि संसद नै चल्न दिने रणनीति बनाइरहँदा कांग्रेस नेताहरुले पनि प्रचण्डको अभिब्यक्ति त्रुटीपूर्ण भनिरहेका छन् ।
प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसभित्रको किचलो सत्ता राजनीतिमा पनि देखिने भएको छ । खासगरी कांग्रेस संस्थापन इतर पक्षले प्रधानमन्त्रीको अभिब्यक्तिविरुद्ध दिएको अभिब्यक्तिले पनि सत्ता संकट गहिरिएको मान्न सकिन्छ । साभार ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles