Tuesday, January 21, 2025

सशस्त्र प्रहरी बल नेपाल का बि.ओ.पि.बिरगंज भंसार सीमा सुरक्षा गुल्म वीरगंज पर्साले श्रोत नखुलेको अवैध ४ लाख नेपाली रुपैया सहित सवारी साधन र एक व्यक्ति पक्राउ गरी वीरगंज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।

ताजा / भरखरै प्राप्त

विशेष सुचनाको आधारमा भन्सार मुलगेट स्थित चेकप्वाईन्ट टोलिले भारतबाट नेपालतर्फ आईरहेको प्रदेश २-०३-०१६ प १९३० नम्बरको स्कुटरलाई चेकजाँच गर्ने क्रममा भारत पुर्वी चम्पारण वाजितपुर पोष्ट पञ्चायत ४ वस्ने अन्दाजी वर्ष ३७ का राकेश जयसवालले स्कुटरको डिकीमा लुकाई छिपाई नेपाल भित्र्याएका उक्त रकम बरामद गरि निजलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज पर्साका गणपति डिएसपी रामजङ्ग पाण्डेले बताएका छन् ।

उक्त पक्राउ गरिएको श्रोत नखुलेको ४ लाख रुपैया, नियन्त्रणमा लिईएको स्कुटरको १ लाख पाँच हजार मुल्याङकन गरी स्कुटर, नगद र व्यक्तिलाई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाईएको गुल्मले जनाएको छ

Previous article
धनुषाको भन्सारमा यी व्यापारीहरुलाई छुट -:सशस्त्रको भन्सार बेशका घुमुवालाई माेज -:जनकपुरधाम धनुषा जिल्ला को जनकपुरधाम मा । सशस्त्र प्रहरी बलकाे भन्सार सुरक्षा बेशका प्रमुख सशस्त्र प्रहरी निरीक्षक परिचालन गरेका घुमुवा को मिलिमताेका कारण यहाँ तस्करी धन्दा माैलाएकाे छ, भने केही तस्करहरूलाई राम्रो संग लाइन चलाउन समेत दिइएको खुलेको छ । बारम्बार तस्कर हरू को र सशस्त्र प्रहरीकाे घुमुवा का बारेमा समाचार प्रकाशित भए पनि उनीमाथि कुनै कारवाही त परै जावाेस छानबिन टाेली गएपनि अहिलेसम्म उनलाई हटाएको पनि छैन ।निरीक्षक ले व्यापारी देखि तस्करसँग रकम उठाउन घुमुवा लाई परिचालन गरेका छन् । कतिपय तस्कर हरू बेशमा आएर निरीक्षक लाई प्रत्यक्ष तस्कर भेट्ने गर्दछन , भने कतिपयले घुमुवा लाई भेटेने गर्दछन । अहिले तस्करीकाे लाइन पाउनेहरूमा नरेश साह , सुरेश साह, साहिद , मन्सुर , समतुला , बरतुला , रंजित , सुजित , पपु , उमेशफ, साबिर ,जितु , सुमित्रा , राजिव, सुरेश , शिव नारायण , सुरेन्द्र , धर्मेन्द्र लगायतका छन् ।धनुषाको फुलगामा , देबडिया , धनाैजी , जटाही , खाैना र दुबही नाका तथा महाेत्तरीकाे मठियानी र जलेश्वरबाट तस्करी हुने सामान सबै जनकपुर सशस्त्रको यही बेशकाे बाटो भएर आउने भएकोले तिनीहरू तस्करी गर्न छुट पाएका छन् ,! बाहिर अरूलाई अर्कइ काम देखाउने गरेपनि घुमुवाकाे रूपमा परिचालन भई सबै आर्थिक कारेवार घुमुवाले गर्दै आइरहेका छन् ।मासिक रकम उठाउने काम उहाँ सशस्त्र ले गर्दै आइरहेको छ,!
Next article
मिटरब्याजीविरुद्ध १ हजार ३ सय २१ निवेदनपर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटर ब्याज) गरेको आरोपमा १० जनालाई थुनामा राखेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार कार्यालयमा दर्ता भएका उजुरीको सम्बन्धमा छानबिन गर्दा यति संख्यामा मिटरब्याजीलाई थुनामा राखेर कारबाही अघि बढाइएको हो ।कार्यालयमा आइतबारसम्म मिटरब्याजीविरुद्ध १ हजार ३ सय २१ उजुरी दर्ता भएको र ती उजुरीको सम्बन्धमा क्रमैसँग आवश्यक छानबिन भइरहेको बताइएको छ । ‘हालसम्म २ सय ३१ उजुरीको सम्बन्धमा छलफल भइसकेको छ,’ उनले भने, ‘तीमध्ये ८० उजुरीमा पीडितको पक्षमा फर्छ्योट भइसकेको छ ।’ त्यसैगरी ८० वटा उजुरीमा दुबै पक्षले मिलापत्र गरेका छन् भने २ वटामा मुद्दा दर्ता भएका छन् ।मिटरब्याजीविरुद्ध अनलाइन उजुरी दर्ता गरिँदै छ । उजुरी आउने क्रम जारी रहेकाले नयाँ उजुरी दर्तासँगै पुराना उजुरीको सम्बन्धमा क्रमशः छानबिन पनि जारी रहेको उनले बताए । कार्यालयमा वैशाख १७ देखि उजुरी दर्ता गर्न थालिएको हो ।जिल्लाभरका १४ वटै स्थानीय तहबाट मिटरब्याजीविरुद्ध उजुरी दर्ता भएको उनले बताए । विशेषगरी लेनदेन र जग्गा जमिन सम्बन्धी मिटर ब्याज पीडितहरुको उजुरी बढी दर्ता भएका छन् ।पौडेलले सामान्यतया मिटरब्याजीहरुले कसैलाई थोरै रकम दिएर त्यस वापतको कपाली तमसुक र दोब्बर देखि तेब्बरसम्म बढीको बैंक चेक धितो वापत राख्ने प्रवृत्ति रहेको बताए । यसरी एकै व्यक्तिलाई धितो वापत सापट दिएको रकमको दोब्बर तेब्बरभन्दा पनि बढी रकम लेखेर कपाली तमसुक गराउने र बैंकको चेकसमेत लिएर हदैसम्म अन्याय गर्ने प्रवृत्ति रहेको पाइएको उनले बताए ।उजुरीको छानबिनको क्रममा दुबै पक्ष मात्र नभई कपाली वा अन्य कागजात लेख्ने लेखापढी वा कानुन व्यवसायीलाई पनि कार्यालयमा बोलाएर आवश्यक सोधपुछ तथा बयान लिने काम भइरहेको उनले बताए । कतिपय उजुरीको सम्बन्धमा दुबै पक्षलाई कार्यालयमा छलफलका लागि बोलाउँदा आरोपित पक्ष नआउने गरेको समेत पाइएको उनले बताए ।छानबिनको क्रममा लेनदेन गर्नेहरुको कागजमा उल्लेख रहेको रकम लेनदेन गर्ने हैसियत तथा आवश्यकता रहे नरहेकोबारे सुक्ष्म अनुसन्धान गर्ने गरिएको उनले बताए ।‘लेनदेनको कागजमा उल्लेख भएको लेनदेन रकम दिने हैसियत साहुको छ कि छैन भनी अनुसन्धान गरी रहेका छौं,’ उनले भने, ‘असामीले पनि के कति आवश्यकता परेर त्यति रकम लिएको हो र रकम लिएपछि कुनै विशेष उद्देश्य वा प्रयोजनमा खर्च गरेको छन् कि छैनन् भनी अनुसन्धान गर्ने गरेका छौं ।’
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles