Friday, June 26, 2026

वीरगञ्जमा निकालिएकाे ताजिया दाहामा पर्सा प्रहरीको सुरक्षा कडा

ताजा / भरखरै प्राप्त

पर्साका बिरगञजमा मुस्लिम समुदायहरुको मोहरम पर्वका अवसरमा बिरगञजमा निकालिएको जुलुस । मुस्लिम समुदायहरुको वीरगञ्जस्थित मुर्ली चोकबाट दाहा ताजिया जुलुस निकालिएको जनाइएको छ । धार्मिक श्रद्धा र परम्पराअनुसार निकालिएको ताजिया जुलुसमा ठूलो संख्यामा श्रद्धालुहरूको सहभागिता रहेको देखिन्छ । मुस्लिम समुदायहरुको महरम पर्व दाहाको जुलुसलाई लक्षित गर्दै, पर्साका वीरगञ्जमा प्रहरीले सुरक्षा,कडा बनाएको छ ।

मुस्लिम समुदायको महरम अवसरमा निकालिने ताजिया जुलुसलाई मध्यनजर गर्दै वीरगञ्जमा सुरक्षा व्यवस्था कडा पारिएको छ । विशेषगरी वीरगञ्जस्थित माईस्थान मन्दिर अगाडि बेरिकेट्स (ब्यारिकेड) राखेर सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ।


यसका साथै शहरका विभिन्न गली, चोक तथा संवेदनशील क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीको बाक्लो उपस्थिति रहेको देखिन्छ। जुलुस शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन सुरक्षा व्यवस्था थप सुदृढ बनाइएको जनाइएको छ । पर्सा प्रहरी प्रशासनले सबै समुदायलाई आपसी सद्भाव, धार्मिक सहिष्णुता र शान्ति कायम राख्न सहयोग गर्न सबैमा आग्रह पनि गरेको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles