Tuesday, January 21, 2025

अबको चुनावमा कांग्रेस पत्तासाफ हुन्छ – : नेता पौडेल

ताजा / भरखरै प्राप्त

  • : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकार यसरी नै चलिरहने हो भने २०८४ मा कुनै पनि पार्टीसँग मिले पनि कांग्रेसले निर्वाचन जित्न नसक्ने बताएका छन्।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले अहिले कांग्रेस सरकारमा भएको ठाउँमा राम्रा काम गरेर जनतालाई विश्वास दिनसके २०८४ सालमा कुनैपनि नयाँ पार्टीहरुबाट कांग्रेस डराउनु नपर्ने बताए। उनले कांग्रेसको मुख्यकुरा मिसन ०८४ हो भने उनले सरकारमा अहिले भएको बेलामा जनताका लागि काम गर्न नसके कांग्रेस विजयी नबन्ने भन्दै सरकारमा रहेका मन्त्रीहरुले जनताका पक्षमा काम गर्न आग्रह गरे।
    उनले भने, ‘हामी जुन जुन सरकारमा छौँ, ती सरकारमा सुशासनको पक्षमा, भ्रष्टाचारको विपक्षमा छन्, जनतालाई डेलिभर गर्न चाहन्छन् भन्ने म्यासेज हामीले दिनसक्यौँ भने २०८४ को चुनावमा कसैसँग मिल्नु पर्दैन, एक्ल चुनाव जितिन्छ। कसैसँग डराउनु पर्दैन, ८४ मा चुनाव जित्ने किन सरकारमा जान होइन, अहिले पनि हामी सरकारमा त छौँ। हामीले अहिले सरकारमा रहेका ठाउँमा जनताको निम्ति काम गरेर देखायौँ भने ८४ को चुनावमा जो जो नयाँ आए पनि हामीलाई कसैले केही गर्न सक्दैन। सरकार यसरी नै चलिरहने हो भने ८४ मा जो जोसँग मिलेपनि हामीले चुनाव जित्न सक्दैनौँ। त्यसैले मुख्यकुरा मिसन ८४ हो भने हामीले जहाँबाट ८४ लाई मिसन बनाउनुपर्ने हो त्यहाँबाट बनाऔँ।’
    नेता पौडेलले सामाजिक सञ्जालमा रिस उठ्दैमा पार्टीका लागि र पार्टीका नेताका बारेमा नराम्रो नलेख्न आग्रह गरे। पार्टी र पार्टीका नेताका बारेमा राम्रो लेख्नुपर्ने उनको भनाइ थियो। नेता पौडेलले चुनावका बेला प्रतिष्पर्धीले सोही पार्टीका विरुद्धमा लेखेको प्रमाण देखाएर टिकट लिएर जाने गरेके भन्दै आफ्नो प्रमाण आफैँले पेस गर्ने काम नगर्न आग्रह गरे।
    उनले भने, ‘मैले डिजिटल युनिटको कुरा गरेँ, यसमा म के भन्न चाहन्छु भने साथीहरुलाई सामाजिक सञ्जालमा पार्टीबिरुद्ध नलेख्न आग्रह गर्न चाहन्छु। रिस उठ्छ लेख्नुहुन्छ, भोलिपल्ट मेट्नुहुन्छ। हामीले जान्न के पर्‍यो भने त्यो रातभरमा थुप्रैले स्क्रिन सर्ट गरेर राखिसक्छन्। हामी त अनि महत्वकांक्षी छौँ, आकांक्षा छ, चुनाव आउँछ, प्रतिष्पर्धामा उत्रिन्छौँ। यस्तो लेख्ने साथी पदका लागि आकांक्षा प्रश्तुत गर्नुहुन्छ, अर्कोले स्क्रिन सर्ट गरेर अर्को प्रतिष्पर्धीले देखाइदिन्छ, त्यसैले आफ्नै बिरुद्ध प्रमाण जुटाउने काम नगरौँ, सकेसम्म पार्टीको पक्षमा, पार्टीका नेताको पक्षमा लेखौँ।’नेता पौडेलले टोल, वडा सम्मेलन गरेर पार्टीलाई बलियो बनाउन सुझाव संकलन गर्नुपर्नेमा जोड दिए। साभार!
Previous article
२०८४ मा अझै बिशाल पार्टी बन्ने: रवि लामिछानेभैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा संसदमा रहेका पार्टीहरुको पछि लागेको भनेर भाष्य स्थापित गर्न खोएिको बताएका छन् । उनले रास्वपा कुनै पार्टीको पछि नलाग्ने स्पष्ट पारे ।रास्वप लुम्बिनी प्रदेश समितिले भैरहवामा आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको शनिबार समापन गर्दै सभापति लामिछानेले संसदमा रहेका कुनै पार्टीको पछि रास्वपा नलाग्ने जनाउँदै जहिल्यै जनताको मुद्दामा अघि बढ्ने जनाए । उनले विगतमा रास्वपा सरकारमा जाँदा पनि जनताका मुद्दालाई पहिलो प्राथमिकतामा राखेर गएको स्मरण गर्दै उनले सधै आमनागरिकलाई माथि राखेर पार्टी अघि बढ्ने बताए ।सभापति लामिछानेले अहिले पार्टीविरुद्ध षडयन्त्र भइरहेको समेत जनाए । उनले मिटरब्याजसम्बन्धी अध्यादेश संसदमा टेबल गर्दा र नागरिकता विधेयकमा समेत संसदमा बोल्न नदिएको जनाउँदै यसलाई पार्टीविरुद्धको षडयन्त्र भएको जनाए । तर, रास्वपा आफ्नै बलबुता र जनताको साथले छोटो समयमा यहाँ आएको पार्टी भएकाले जस्तासुकै षडयन्त्र भए पनि चिरेर अघि बढ्ने प्रष्ट्याए ।गएको निर्वाचनमा भएभरमा दलहरु एक हुँदा पनि आफूहरु यो स्थानमा आएको स्मरण गर्दै लामिछानेले २०८४ मा अझै बिशाल पार्टी बन्ने जनाए । राम्रा, योग्य, अनुशासित नेताकार्यकर्ता जुनसुकै पार्टीबाट पनि रास्वपा आउन सक्ने र त्यस्तालाई पार्टी पनि उचित स्थान दिएर भित्र्याउने उनले बताए । उनले पार्टीले भातृ संगठन नबनाउने र समितिमार्फत् सबैलाई गोलबद्ध गरिने जनाउँदै अन्य पार्टीलाई पनि भातृसंस्था खारेज गरेर देखाउन चुनौति दिए । क्याम्पसहरुमा ताला लगाउने र तोडफोड गर्ने भातृ संस्था जरुरी नरहेको उनको भनाई छ ।सभापति लामिछानेले अहिले सरकारले नक्कली भुटानी शरणार्थी लगायतका विषयमा केही काम गरेको तर त्यो पर्याप्त नभएको जनाए । उनले भ्रष्टाचारसम्बन्धी अहिले अनुसन्धान भएका र टुंगोमा नपुगेका वा कसैलाई उन्मुक्ति दिएका फाइल २०८४ मा रास्वाप विशाल पार्टी भएपछि भ्रष्टाचारीलाई ठेगान लगाएरै छाड्ने दावी गरे ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles