Tuesday, January 21, 2025

कोशीमा थपिए तीन मन्त्री, काे काे परे ?

ताजा / भरखरै प्राप्त

विराटनगर । आइतबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले तीनजना नयाँ मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष शपथ ग्रहण गरेका छन् ।नवनियुक्त मन्त्रीहरुमा माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की रहेका छन् भने नेपाली काङ्ग्रेसबाट रामकुमार खत्री रहेका छन् । उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
नवनियुक्त मन्त्रीहरुमध्ये जीवन आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने अन्य मन्त्रीको जिम्मेवारी तोकिएको छैन ।
मुख्यमन्त्री थापाले शुक्रबार शपथ ग्रहण गरेका थिए । त्यसै दिन नेपाली कांग्रेसका प्रदीप सुनुवार र एकीकृत समाजवादीका कमल जबेगुलाई मन्त्री नियुक्त गरिएको थियो । उनीहरुले पनि मन्त्रालयको जिम्मेवारी पाएका छैनन् ।

Previous article
प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरूप्रमुख प्रतिपक्षीलगायतले गरेको सङ्घीय संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक शुरु भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन् ।गत बुधबारदेखि सङ्घीय संसदका दुवै सदनको बैठक प्रमुख प्रतिपक्षीलगायतका दलले अवरोध गरेका कारण अगाडि बढ्न सकेको छैन ।अवरोधका कारण मिटरब्याज पीडितलाई न्याय दिनका लागि अगाडि बढाइएको विधेयक निष्क्रिय भएको छ ।यस्तै, अन्य महत्वपूर्ण विधेयकहरु समेत अगाडि बढ्न सकेको छैन । राष्ट्रियसभाको आजको बैठक पनि एमालेको विरोधपछि सोमबार बिहान ११ः०१ बजेसम्मका लागि स्थगित भएको छ ।यसअघि आज बिहानै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तागठबन्धनमा आबद्ध दलहरुको बैठकमा समसामयिक विषयमा छलफल भएको थियो ।बैठकमा सङ्घीय संसद्को अवरोध हटाउनेलगायतका विषयमा छलफल भएको बताइएको छ ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles