Friday, January 17, 2025

पहिराेले मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध

ताजा / भरखरै प्राप्त

चितवन । सुख्खा पहिराे खसेर मुग्लिन नारायणगढ सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काली खाेला नजिकै शनिबार दिउँसो ४ बजे सुख्खा पहिराे खस्दा सडक अवरुद्ध भएको हो ।सडक डिभिजन कार्यालय भरतपुरले पहिराे हटाउनका लागि एक्साभेटर पहिराेस्थलतर्फ पठाएको र पहिरो पन्छाएर सडक खुलाउन केही समय लाग्ने बताएको छ । सडक अवरुद्ध हुँदा मुग्लिनतर्फ जाने र नारायणगढतर्फ आउने सवारी साधन जाममा परेका छन् ।

Previous article
Next article
२०८४ मा अझै बिशाल पार्टी बन्ने: रवि लामिछानेभैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा संसदमा रहेका पार्टीहरुको पछि लागेको भनेर भाष्य स्थापित गर्न खोएिको बताएका छन् । उनले रास्वपा कुनै पार्टीको पछि नलाग्ने स्पष्ट पारे ।रास्वप लुम्बिनी प्रदेश समितिले भैरहवामा आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको शनिबार समापन गर्दै सभापति लामिछानेले संसदमा रहेका कुनै पार्टीको पछि रास्वपा नलाग्ने जनाउँदै जहिल्यै जनताको मुद्दामा अघि बढ्ने जनाए । उनले विगतमा रास्वपा सरकारमा जाँदा पनि जनताका मुद्दालाई पहिलो प्राथमिकतामा राखेर गएको स्मरण गर्दै उनले सधै आमनागरिकलाई माथि राखेर पार्टी अघि बढ्ने बताए ।सभापति लामिछानेले अहिले पार्टीविरुद्ध षडयन्त्र भइरहेको समेत जनाए । उनले मिटरब्याजसम्बन्धी अध्यादेश संसदमा टेबल गर्दा र नागरिकता विधेयकमा समेत संसदमा बोल्न नदिएको जनाउँदै यसलाई पार्टीविरुद्धको षडयन्त्र भएको जनाए । तर, रास्वपा आफ्नै बलबुता र जनताको साथले छोटो समयमा यहाँ आएको पार्टी भएकाले जस्तासुकै षडयन्त्र भए पनि चिरेर अघि बढ्ने प्रष्ट्याए ।गएको निर्वाचनमा भएभरमा दलहरु एक हुँदा पनि आफूहरु यो स्थानमा आएको स्मरण गर्दै लामिछानेले २०८४ मा अझै बिशाल पार्टी बन्ने जनाए । राम्रा, योग्य, अनुशासित नेताकार्यकर्ता जुनसुकै पार्टीबाट पनि रास्वपा आउन सक्ने र त्यस्तालाई पार्टी पनि उचित स्थान दिएर भित्र्याउने उनले बताए । उनले पार्टीले भातृ संगठन नबनाउने र समितिमार्फत् सबैलाई गोलबद्ध गरिने जनाउँदै अन्य पार्टीलाई पनि भातृसंस्था खारेज गरेर देखाउन चुनौति दिए । क्याम्पसहरुमा ताला लगाउने र तोडफोड गर्ने भातृ संस्था जरुरी नरहेको उनको भनाई छ ।सभापति लामिछानेले अहिले सरकारले नक्कली भुटानी शरणार्थी लगायतका विषयमा केही काम गरेको तर त्यो पर्याप्त नभएको जनाए । उनले भ्रष्टाचारसम्बन्धी अहिले अनुसन्धान भएका र टुंगोमा नपुगेका वा कसैलाई उन्मुक्ति दिएका फाइल २०८४ मा रास्वाप विशाल पार्टी भएपछि भ्रष्टाचारीलाई ठेगान लगाएरै छाड्ने दावी गरे ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles