Monday, February 17, 2025

सात सशस्त्र प्रहरी तीन महिनादेखि सम्पर्कविहिन -: सशस्त्र प्रहरी बल प्रधान कार्यालयले तीन महिनादेखि बिना सूचना ड्युटीमा उपस्थित नभएका सात कर्मचारीलाई सात दिन भित्र हाजिर हुन आउन सूचना जारी गरेको छ । जसमध्ये दुई जना सशस्त्र प्रहरी सहायक हवलदार र ५ जना जवान छन् । उनीहरूलाई सात दिन भित्र सन्तोषजनक जवाफसहित कार्यालयमा हाजिर हुन नआए नोकरीबाट हटाइने चेतावनी दिइएको छ ।

ताजा / भरखरै प्राप्त

हाजिर हुन नजानेहरूमा सशस्त्र प्रहरी बल नेपालको ३ नम्बर गणका जवान लक्ष्मण लिम्बु, २७ नम्बर गण कपिल खत्री, २१ नम्बर गण पूर्ण बहादुर तामाङ, १७ नम्बर गणका केशर बहादुर विष्ट, ४९ नम्बर गुल्मका नर साउद, २९ नम्बर गणका सहायक प्रहरी हवलदार प्रतीक बिक र ९ पशुपतिनाथ बाहिनी मुख्यालयका सहायक हवलदार बिराज घिमिरे छन् ।‘यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन आउनु होला,’ सूचनामा भनिएको छ, ‘अन्यथा सशस्त्र प्रहरी नियमावली २०७२ को बमोजिम कारबाही हुनेछ ।’

Previous article
मोटरसाइकल चोरी गर्ने गिरोहका एक दर्जन पक्राउ-:बुटवल आसपासबाट विभिन्न स्थानमा मोटरसाइकलहरु चोरीमा संलग्न भएको आरोप प्रहरीले एक दर्जन युवाहरूलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको समन्वयमा तथा ईलाका प्रहरी कार्यालय बुटवल र मातहत समेतका प्रहरी कार्यालयहरूको खोजीमा १२ जना युवालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको हो ।एक महिनाको अन्तरालमा उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिएको सोमवार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा अधिकांश १९ वर्षदेखि ३० वर्ष सम्मका युवाहरु रहेका छन् ।पक्राउ पर्नेमा बुटवल ३ ज्योतीनगर बस्ने १९ वर्षीय तरुन राना, नवलपरासी (ब.सु.प.), रामग्राम नगरपालिका १४ बस्ने ४३ वर्षीय सुनीलकुमार चौधरी, रामग्राम नगरपालिका १६ बस्ने २० वर्षीय करन थारु, गुल्मी घर भई हाल रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५ बस्ने २६ वर्षीय सरोज थापा रहेका छन् । त्यस्तै गुल्मी घर भई सोही ठाउँ बस्ने २६ वर्षीय दीपक रेगामीमगर, तिलोत्तमा नगरपालिका–६ बस्ने २४ वर्षीय दीपेश थापा, सोही स्थानका २५ को हितेश राना, बागलुङको वरेङ गाउँपालिका–५ सुखौरा बस्ने १९ वर्षीय आशिष सामत र २० वर्षीय दीपक सामत पनि पक्राउ परेका छन् ।त्यस्तै पक्राउ पर्नेमा २९ वर्षीय गोरे भन्ने प्रमोद पुर्जा, बागलुङको वरेङ गाउँपालिका ५ भित्री वन बस्ने २२ वर्षीय मिलन खत्री र तिलोत्तमा नगरपालिका–४ बस्ने १८ वर्षीय आकाश नेपाली रहेको इप्रका बुटवलले जनाएको छ । पक्राउ परेकाहरुलाई चोरी सम्बन्धी मुद्दामा कानुनी प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles