Monday, November 11, 2024

नेकपा ‘एकीकृत समाजवादी’को केन्द्रीय सचिवालय बैठक भोलिसम्म स्थगित भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा नेताहरूले बोल्न क्रम जारी रहेकाले भोलि बिहान पुनः बस्ने गरी स्थगित भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

ताजा / भरखरै प्राप्त

बैठकले मुलुकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा तथा समसामयिक विषयमा छलफल हुनेछ । सङ्गठन सुदृढीकरण विशेष अभियानसम्बन्धी जानकारी गराइएको बैठकमा वर्तमान परिस्थिति र हाम्रा कार्यभार, आगामी कामको विस्तृत योजना, कामको उद्देश्य, प्राथमिकता, कार्ययोजना, कार्य विभाजन, पार्टीका रिक्त रहेको पदाधिकारी तथा सदस्यमा कसलाई मनोनित गर्ने भन्ने विषयमा प्रस्ताव र कमिटीका समायोजन तथा थपघटबारे छलफल पनि गरिनेछ ।

आजदेखि तीन दिनसम्म चल्ने बैठकमा जनसङ्गठन युवा र विद्यार्थी, विभागका काम र व्यवस्थापन, प्रचार विभागबारे पनि छलफल हुनेछ । पार्टी परित्याग गरी गएका चूडामणि जङ्गली, केदार न्यौपाने, मुकुन्द न्यौपानेलगायत नेताको पद रिक्त छ भने बागमती र लुम्बिनी प्रदेशमा इन्चार्ज पद पनि रिक्त छ ।

Previous article
अवैध लागूऔषधसहित पक्राउधादिङ, गजुरी गाउँपालिका-८ चालिसेबाट अवैध लागूऔषध गाँजा १० केजीसहित सोही गाउँपालिका-२ बस्ने २९ वर्षीय रविन दोङ तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।बारा, जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित पोलप्लान्ट अगाडी सडकबाट अवैध लागूऔषध गाँजा करिब २ केजीसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-२० बस्डिल्वा बस्ने २७ वर्षीय अजय राउत अहीर र पर्सा सुगौली गाउँपालिका-२ बस्ने ३१ वर्षीय मेघराज यादव रहेका छन् । उक्त सडकमा ना.५१ प ८३३९ नम्बरको मोटरसाइकलको ट्याङकीमा लुकाई ल्याएको गाँजा बीआर ०५ जेड ८५११ नम्बरको मोटरसाइकलमा ट्याङकी सहित बदल्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles