बिराटनगर । कोशी प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा सिलाई कटाई उन्नत तालिमको समुदघाटन भएको छ ।आज बाट नेपाल प्रहरी श्रीमती संघको आफ्नै भवनमा संचालन भएको उक्त तालिमको नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाज्यूले पानसमा वत्ती बाली समुदघाटन गर्नु भएको हो । श्रीमती अजिता देवकोटा बास्तोलाज्यूको प्रमुख आतिथ्यतामा संचालन भएको उन्नत तालिममा बहालवाला प्रहरी कर्मचारी, पुर्व प्रहरी कर्मचारी, अमर/अशक्त प्रहरी परिवारका १५ जना सदस्यहरुको सहभागिता रहेको छ। प्रहरी परिवारजनको सिप बिकास गरी आर्थिकोपार्जनमा टेवा पुर्याउने उदेश्यले बिगत देखि नै श्रीमती संघले विविध सिप मुलक तालिमहरु संचालन गर्दै आईरहेको छ । उदघाटन कार्यक्रममा श्रीमती संघका पदाधिकारीहरु, प्रहरी परिवार तथा प्रहरी कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।
कोशी प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा सिलाई कटाई उन्नत तालिमको समुदघाटन भएको छ ।आज बाट नेपाल प्रहरी श्रीमती संघको आफ्नै भवनमा संचालन भएको उक्त तालिमको नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाज्यूले पानसमा वत्ती बाली समुदघाटन गर्नु भएको हो । श्रीमती अजिता देवकोटा बास्तोलाज्यूको प्रमुख आतिथ्यतामा संचालन भएको उन्नत तालिममा बहालवाला प्रहरी कर्मचारी, पुर्व प्रहरी कर्मचारी, अमर/अशक्त प्रहरी परिवारका १५ जना सदस्यहरुको सहभागिता रहेको छ। प्रहरी परिवारजनको सिप बिकास गरी आर्थिकोपार्जनमा टेवा पुर्याउने उदेश्यले बिगत देखि नै श्रीमती संघले विविध सिप मुलक तालिमहरु संचालन गर्दै आईरहेको छ । उदघाटन कार्यक्रममा श्रीमती संघका पदाधिकारीहरु, प्रहरी परिवार तथा प्रहरी कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।