आज राती १२ बजेदखि लागु हुने गरी डिजेलमा प्रति लिटर ४ रूपैयाँ, पेट्रोलमा ६ रूपैयाँ र खाना पकाउने एलपी ग्यासको प्रति सिलिण्डर १० रूपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ । खाना पकाउने ग्याँसको मूल्य अब १७९० कायम भएको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको हो । निगम सञ्चालक समितिले आइतबार मध्यरातिदेखि लागू हुने गरी स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको हो । यस अनुसार परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य तोकिएको निगमको भनाइ छ ।
खाना पकाउने एलपी ग्याँसको मूल्यमा भने निगमले नाफा नराख्ने निर्णय गरेको छ । यो निर्णयअनुसार पेट्रोल लिटरमा ६ रूपैयाँ तथा डिजेल र मट्टितेलमा ४–४ रूपैयाँ मूल्य घट्नेछ भने ग्यासमा १० रूपैयाँ घट्नेछ,!
