Monday, May 12, 2025

केन्द्रीय समिति बैठकका एजेन्डाबारे शेखर-गगन समूह छुट्टै छलफलमा

ताजा / भरखरै प्राप्त

केन्द्रीय समितिको बैठकका एजेन्डाका विषयमा नेपाली कांग्रेसको शेखर-गगन समूहले अलग्गै छलफल गरेको छ ।काठमाडौंको विशालनगरस्थित डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा सोमबार बिहान संस्थापन इतर समूहका नेताहरुबीच छलफल भएको हो ।
केन्द्रीय समितिको बैठकका एजेन्डाबारे छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाले आज दिउँसो बोलाएको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल केन्दि्रत रहेको एक नेताले बताए ।केन्द्रीय समिति बैठकका एजेन्डाबारे छलफल गर्न कांग्रेस सभापति देउवाले आज दिउँसो दुई बजे आफ्नो निवास धुम्बाराहीमा पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठक बोलाएका छन् । यो बैठकले मंगलबार (साउन २ गते) बस्ने केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्ने नेताहरुले बताएका छन् ।
सोही बैठकमा कसरी प्रस्तुत हुने र कुन-कुन विषयलाई एजेन्डा बनाउने भन्नेबारे शेखर-गगन समूहले साझा धारणा बनाउन लागेको हो ।नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक गत असार २७ गते बस्ने तयारी गरिए पनि तयारी नपुगेको भन्दै साउन २ गतेसम्मका लागि स्थगित गरिएको थियो । साभार ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles