Friday, January 17, 2025

नेपालले युएईलाई ३ विकेटले पराजित गर्यो

ताजा / भरखरै प्राप्त

एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई ३ विकेटले पराजित गरेको छ ।टस जितेर पहिले ब्याटिङ गरेको युएईले नेपाललाई जितका लागि एक सय ५८ रनको लक्ष्य दिएको थियो । नेपालले युएईको चुनौती २३ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो ।
श्रीलङ्काको कोलोम्बोस्थितपी सारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४४ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५७ रनको योगफल बनाएको थियो ।नेपालका लागि कुशल भुर्तेलले अर्धशतक बनाए । उनी ७१ रन बनाएर आउट भए । रोहित पौडेलले ९, गुल्सन झाले ११, सन्दीप जोराले २४ र देव खनालले २४ रन बनाए । ओपनर अर्जुन साउद शून्य रनमा आउट हुँदा पवन सराफ पनि शुन्य रनमै आउट भए ।
पहिले ब्याटिङ गरेको युएईका लागि लभप्रित सिंहले ८२ बलमा छ चौका र एक छक्काको मद्दतमा ५२ रनको योगदान दिए । त्यस्तै इथान डी सोजाले १८ रन बनाउँदा अस्वस्था भलथापाले १६ तथा आरयान्स शर्माले १४ रन बनाए ।
बलिङतर्फ नेपालका लागि कुशल भुर्तेल एक्लैले छ विकेट लिए भने श्याम ढकालले दुई विकेट झारे । त्यस्तै कुशल मल्ल र पवन सर्राफले समान १÷१ विकेट लिए । समूह बी मा रहेको नेपालको आज समूहचरणको आफनो अन्तिम खेल हो । नेपाल र युएई समूह चरणबाट बाहिरीइ सकेका छन् । आजको खेल प्रतिस्ठाको लागि मात्रै हो ।नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग चार विकेटले र दोस्रो खेलमा भारत ‘ए’ सँग नौ विकेटले पराजित भएको थियो ।

Previous article
पर्सा जिल्ला को बिरगंजमा साउन ३ गते :- नेपाल प्रहरी का श्रीमतीसंघ मधेश प्रदेशद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथी मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराई, बिशिष्ट अतिथी प्रहरी बरिष्ठ उपरीक्षक प्रविण पोख्रेल, कार्यक्रमका अध्यक्ष नेपाल प्रहरी श्रीमतीसंघ मधेश प्रदेशकी अध्यक्ष श्रीमती सरला भट्टराई र नेपाल प्रहरी श्रीमतीसंघ मधेश प्रदेशकी कोषाध्यक्ष श्रीमती समिला पोख्रेलद्वारा जिल्ला प्रहरी कार्यालय पर्साको प्राङगणमा पर्सा प्रहरीमा रहेका वहालवाला प्रहरी कार्यालय सहयोगी देखि प्रहरी बरिष्ठ हवल्दारका कक्षा १ देखि कक्षा ५ सम्म ८० जना अध्ययनरत सन्ततीहरूलाई स्टेशनरी सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles