Friday, January 17, 2025

व्यवसायीलाई दु:ख दिने गुण्डालाई हत्कडी लगाएर बजार घुमाइयो

ताजा / भरखरै प्राप्त

ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका सानुभाइ भनिने युवराज गुरुङलाई प्रहरीले हत्कडी लगाएर सडकमा डुलाएको छ।
ठमेलमा व्यवसायीलाई कुटपिट गरेर दुःख दिएको आरोपमा पक्राउ परेका गुरुङलाई म्याद थप गर्न अदालत लगेर फर्काउँदा हत्कडीसहित ठमेल क्षेत्रको सडकमा डुलाइएको हो।
प्रहरीले सानुभाइसँगै टोखाका विक्रम अधिकारी, तनहुँका सुवास कायस्थ, सुरज कायस्थ र नुवाकोटका कमल तामाङलाई पक्राउ गरेको थियो। सानुभाइसँगै विक्रम र कमललाई पनि प्रहरीले हत्कडी लगाएर हिँडाएको थियो।गुरुङले गएको १५ असारमा क्लबमा बसिरहेका बेला आफूमाथि राति २ बजे कुटपिट भएको भन्दै सञ्चालक गुरुङले प्रहरीकहाँ किटानी जाहेरी दिएका थिए। भर्खरै सञ्चालन गरेको क्लबमा गुरुङले विभिन्न नाममा रकम माग्दै धम्क्याउने गरेको उनको आरोप छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles