गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल सुन तस्करीको हब नै बनेको विषय उठिरहेको बेला समातिएको १०० किलो सुन प्रकरणमा जोसुकै भएपनि कारबाही गर्ने चेतावनी दिएका छन् ।
बालुवाटार, बालकोट र बुढानिलकण्ठ जहाँबाट दबाब आएपनि सुन तस्करीमा मुछिएका जोकोहिलाई कारबाही गरिछाड्ने बताएका छन् ।
सुन प्रकरणमा कारबाहीको चेतावनी दिएका उनको नाम समेत सुन प्रकरणमा जोडिएपछि भने राजीनामा नै माग्न थालिएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसका सांसदहरुले उनको पनि नाम जोडिएको भन्दै राजनीनामा नै माग गरतेका छन् ।
तर, पछिल्लो समय गृहमन्त्री नारायणकाजी श्रेष्ठले राम्रो काम गरेको भन्दै जनस्तरबाट प्रशंसा समेत भइरहेको छ ।