Friday, January 17, 2025

जुम्लाको गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाका विभिन्न स्थानमा भएका आगजनीमा संलग्न भएको आशङ्कामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ ।

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीका अनुसार आगजनीमा संलग्न भएको आशङ्कामा उनीहरूलाई नियन्त्रण लिइ अनुसन्धान सुरु गरिएको हो । प्रहरीले पक्राउ परेकाको नाम भने सार्वजनिक गरेको छैन ।

गए राति अन्दाजी साढे २ बजेतिर गुठीचौरमा छ वटा घर, एक ट्याक्टर र चन्दननाथ नगरपालिकामा एक घरमा अज्ञात समूहले आगजनी गरेको थियो । गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाका अनुसार गएराति धवलपुर गाउँमा दुई, बाउली गाउँमा एक, ढुडाखोजमा एक, माथिल्लो देहारजिबुरमा एक र खल्ला वडामा दुई गरी सात घरमा आगजनी भएको थियो ।

आगजनी

Previous article
चारजना चढेको मोटरसाइकल पिकअपसँग ठोक्कियो, तीनजनाको मृत्युसुनसरी । सुनसरीको इटहरी–१७ कान्छी चौकस्थित पूर्व–पश्चिम राजमार्गमा आज दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–१६ का २६ वर्षीय करण चौधरी, २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी रहेको सुनसरीका प्रहरी उपरीक्षक राजकुमार राईले जानकारी दिए ।चारजना चढेको मोटरसाइकल पिकअपसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमतर्फ जाँदैै गरेको भारतीय नम्बर डब्ल्यू बी ७३ ई ९११७ को पिकअपसँग पश्चिमबाट पूर्व आउँदै गरेको को२९प ३७१२ नंको मोटरसाइकल एकापसमा ठोक्किएको थियो ।दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार चारैजनालाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उपचारका क्रममा करण, शम्भु र अनिनेशको मृत्यु भएको प्रहरी उपरीक्षक राईले बताए । गम्भीर घाइते भएका २७ वर्षीय प्रेमलाल चौधरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । पिकअप चालक भारत दार्जीलिङ फोडिगढीका ३२ वर्षीय गोविन्द वरमुनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको राईले बताउनुभयो । मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । रासस !
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles