इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख डीएसपी केसी गत पुस ११ गते ३५ तोला सुनसहित पक्राउ परेका थिए । प्रहरीले उनको क्वाटरबाट नगद, चेक गरी २५ लाख रुपैयाँ पनि बरामद गरेको थियो । उनी पक्राउ परेपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाएको थियो भने गृह मन्त्रालयले १४ पुसमा निलम्बन गरेको थियो । निलम्बनको मिति सकिनुअघि नै प्रहरी प्रधान कार्यालयले छानबिन सकेर उनलाई सेवाबाट बर्खास्त गर्नुपर्ने सिफारिस गरेको हो ।