Thursday, May 14, 2026

इलाका प्रहरी सेम्राैनगढका नव निर्मित भवन उद्धाटन भव्य रुपमा सम्पन्न:-

ताजा / भरखरै प्राप्त

इलाका प्रहरी कार्यालय सेम्राैनगढ बाराको परिसरमा नव निर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्की को उपस्थिती रहेको थियो । कार्यक्रमको क्रममा सेवा केन्द्र भवनको औपचारिक उद्घाटन गर्दै महानिरीक्षक कार्कीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षा र अधिकार संरक्षणलाई प्राथमिकतामा राखेर नेपाल प्रहरीले काम गरिरहेको बताउनुभयो।

उहाँले नयाँ सेवा केन्द्र सञ्चालनमा आएपछि पीडित तथा सेवाग्राहीलाई सहज, सुरक्षित र प्रभावकारी सेवा प्रदान गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रहरी अधिकारीहरू, स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिती रहेको थियो। नयाँ भवन निर्माणसँगै महिला हिंसा, बाल अधिकार तथा ज्येष्ठ नागरिक सम्बन्धी उजुरी र सेवाहरू अझ व्यवस्थित ढंगले सञ्चालन हुने अपेक्षा गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles