नेकपा एमाले विभाजन गराएर एकीकृत समाजवादी गठन गरेका माधव नेपालले कम्युनिष्ट पार्टीबीच एकताको आवश्यकता औल्याएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एसका अध्यक्ष माधव नेपालले मिलेर नै शक्ति आर्जन गर्न सकिने दाबी गरेका हुन् । पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकतामा बल भएको जिकिर गरेका हुन् । तर, केहिसमय पहिले मात्रै पार्टी फुटाएर गएको विषयमा भने केहि बताएनन् । यद्यपी उनले एमालेभित्र व्यक्तिवाद हाबी भएका कारण पार्टी फुटाउनु परेको दाबी गर्ने गरेका छन् । छुट्टाछुट्टै पसल खोलेर कम्युनिष्ट पार्टीको विकास नहुने उनको भनाई छ ।