कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा र विजयकुमार गच्छदारबीच चर्काचर्की नै भएको छ । समयको ख्याल राखेर बोल्न आग्रह गरेका देउवालाई गच्छदारले आफू ज्यादै बदनाम भएको मान्छे भन्दै आफू बोलिरहे । बोल्दै गर्दा देउवाले समयको चापलाई ख्याल गर्न संकेत दिएपछि उनले आफूलाई डिस्टर्ब गरिरहन भने । देउवाले समयको चापबारे सम्झाएपनि गच्छदारले कांग्रेस कांग्रेस जस्तो बन्न नसकेको गुनासो गरिरहे । यत्तिकैमा देउवाले गच्छदारको माइक काटि दिएका थिए । यो चर्काचर्कीले बैठक हलमै केहिबेर हाँसो समेत चलेको थियो ।
