विभागका अनुसार उक्त परिमाणको सुन आयातबाट सरकारले ३ अर्ब १२ करोड रुपैयाँ हाराहारी राजस्व संकलन गरेको छ ।सरकारले ल्याउन दिने कोटाअनुसार बैंकहरुले २२ अर्ब ३५ करोड रुपैयाँको सुन आयात गरेका थिए भने यात्रामा गएका तथा वैदेशिक रोजगारीबाट फर्किएका नेपालीले भन्सार तिरेर ल्याएको सुनको मूल्य २१ अर्ब ५४ करोड रुपैयाँ बराबर रहेको विभागले जनाएको छ ।सरकारले अहिले दैनिक १५ किलो सुन आयात गर्न बैंकहरुलाई अनुमति दिएको छ ।