Friday, January 17, 2025

निर्वाचन आयोगले निर्वाचन खर्च विवरण नबुझाएको भन्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम, एमाले नेता राजन भट्टराई, शेरधन राई, माओवादीका नेता गिरिराजमणि पोखरेल, नेताहरू महेन्द्रराय यादव, विजय गच्छदार लगाएकाहरूलाई खर्च विवरण नबुझाएकोमा जरिवाना तोकेको छ

ताजा / भरखरै प्राप्त

गत वर्षको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई निर्वाचन आयोगले कारबाहीको तयारी गरेको छ । प्रतिनिधिसभातर्फ १ हजार ३७ जना र प्रदेशसभातर्फ १ हजार ३ सय ९८ जना उम्मेदवारलाई खर्च विवरण नबुझाएको भन्दै कारबाही गर्न लागेको हो ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभातर्फ गरी जम्मा २ हजार ४ सय ३५ जनालाई आयोगले १५ हजारका दरले जरिवाना तिर्न निर्देशन दिएको छ । साथै सात दिनभित्र खर्च विवरण बुझाउन पनि आयोगले निर्देशन दिएको छ ।

आयोगले बुधबार एक सूचना जारी गर्दै खर्च विवरण नबुझाउने उम्मेदवारहरूलाई जरिवाना तोकेको हो । यससँगै खर्च विवरण बुझाउनेहरूको पनि नामावली आयोगले सार्वजनिक गरेको छ । हालसम्म प्रतिनिधिसभाका २ हजार ३ सय ७३ जना र प्रदेश सभाका ५ हजार ५ सय ६१ जना उम्मेदवारले मात्रै खर्च विवरण बुझाएको पनि आयोगले जनाएको छ ।

७४ जना उम्मेदवारहरूसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । जस अन्तर्गत प्रतिनिधिसभा निर्वाचनका ३७ उम्मेदवार र प्रदेश सभा अन्तर्गत ३७ उम्मेदवारलाई स्पष्टीकरण सोधेको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles