Monday, February 17, 2025

मुग्लिन-नारायणगढ सडकखण्डमा बस र ट्रक ठोक्किंदा ११ जना घाइते

ताजा / भरखरै प्राप्त

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा ट्रक र बस ठक्कर खाँदा ११ जना घाइते भएका छन् ।आज बिहान साढे ७ बजेतिर भरतपुर महानगरपालिका-२९ चौधकिलो पुल नजिकै नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको रा१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आँउदै गरेको ना६ख ४९४२ नम्बरको ट्रक ठोक्किएका हुन् ।

घाइतेहरुलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । घाइते सबैको अवस्था सामान्य रहेको पण्डितले बताए ।बस चालकको खुट्टा च्यापिएको निकाल्न केही समस्या भएको पण्डितले जानकारी दिए ।ठोक्किएका दुवै सवारी साधानलाई क्रेनको सहायताले सडक छेउमा राखेर सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

Previous article
सुन काण्डमा आफ्नो संलग्नता छ कि छैन? गृहमन्त्रीले बताउनुपर्‍योः ओलीनेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुन काण्डमा आफ्नो संलग्नता रहे, नरहेको गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रष्ट पार्न भनेका छन्।कम्बोडियाबाट साेमबार राति फर्किएका अध्यक्ष ओलीले विमानस्थलमा आक्रोश पोख्दै काँक्रा आफू खाएर बियाँ अरू गालामा टाँस्ने चेष्टा भइरहेको बताएका हुन्।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुन काण्डमा आफ्नो संलग्नता रहे, नरहेको गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रष्ट पार्न भनेका छन्।कम्बोडियाबाट साेमबार राति फर्किएका अध्यक्ष ओलीले विमानस्थलमा आक्रोश पोख्दै काँक्रा आफू खाएर बियाँ अरू गालामा टाँस्ने चेष्टा भइरहेको बताएका हुन्।‘मान्छेहरू फ्रस्टेड किन हुन्छन् भने नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ आफू, उहाँले यहाँ सेक्युरिटीको बन्दोवस्त गरेको छ कि छैन? विमानस्थलमा सेक्युरिटी गर्ने काम उहाँको हो कि होइन ? यहाँको आउने जाने चिजहरूको निरीक्षण गर्ने काम उहाँको हो कि होइन? अनि क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ, गृहमन्त्री अनि कोटको गालामा र टारको गालामा गएर क्राँक्राको बियाँ, अर्काकै गालामा, मुखैको छेऊमा लगेर टास्ने?,’ उनले भने।गृहमन्त्रीले ‘कोट’ र ‘टार’को जहाँ भए पनि दोषी कसैलाई नछाड्ने भनेर केही दिनअघि दिएको अभिव्यक्तिप्रति ओली आक्रोशित भएका हुन्।उपप्रधान तथा गृहमन्त्री श्रेष्ठको यो अभिव्यक्ति अनैतिक र गैरजिम्मेवार भएको ओलीले बताए।‘अन्यन्तै अनैतिक क्रियाकपाल हो। गृहमन्त्रीको क्रियाकलाप अत्यन्तै गैरजिम्मेवार हो। आफू गृहमन्त्री… यसको भए पनि उसको भए पनि.. यस्ता खालका गैरजिम्मेवार कुराहरू गरेर हिँड्ने? गृहमन्त्रीले बताउनुपर्‍यो, उहाँको संलग्नता छ छैन? यसमा ? सानोतिनो संलग्नतामा त यो काम भएको छैन होला? उहाँको चाहिँ संलग्नता छ कि छैन? छैन भने कसको संलग्नता छ? को छ यसमा? यत्तिकै कोटका गालामा काँक्राको बियाँ टास्ने होइन!,’ ओलीले भने।ओलीले गृहमन्त्रीलाई तरिका पुर्‍याएर बोल्न पनि आग्रह गरे।‘म उहाँलाई सचेत गराउन चाहन्छु, गृहमन्त्रीका हैसियतले बोल्दा तरिका पुर्‍याएर बोल्नुपर्छ, बततमिज हुनु एउटा कुरा हो, यो बततमिजी मात्र होइन, गैरजिम्मेवार हद भयो, जथाभावी बोल्ने गृहमन्त्री भएर, जथाभावी बोल्न गृहमन्त्रीलाई छुट छ?,’ उनले भने।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles