Tuesday, January 21, 2025

सुन काण्डमा आफ्नो संलग्नता छ कि छैन? गृहमन्त्रीले बताउनुपर्‍योः ओलीनेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुन काण्डमा आफ्नो संलग्नता रहे, नरहेको गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रष्ट पार्न भनेका छन्।कम्बोडियाबाट साेमबार राति फर्किएका अध्यक्ष ओलीले विमानस्थलमा आक्रोश पोख्दै काँक्रा आफू खाएर बियाँ अरू गालामा टाँस्ने चेष्टा भइरहेको बताएका हुन्।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुन काण्डमा आफ्नो संलग्नता रहे, नरहेको गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रष्ट पार्न भनेका छन्।कम्बोडियाबाट साेमबार राति फर्किएका अध्यक्ष ओलीले विमानस्थलमा आक्रोश पोख्दै काँक्रा आफू खाएर बियाँ अरू गालामा टाँस्ने चेष्टा भइरहेको बताएका हुन्।‘मान्छेहरू फ्रस्टेड किन हुन्छन् भने नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ आफू, उहाँले यहाँ सेक्युरिटीको बन्दोवस्त गरेको छ कि छैन? विमानस्थलमा सेक्युरिटी गर्ने काम उहाँको हो कि होइन ? यहाँको आउने जाने चिजहरूको निरीक्षण गर्ने काम उहाँको हो कि होइन? अनि क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ, गृहमन्त्री अनि कोटको गालामा र टारको गालामा गएर क्राँक्राको बियाँ, अर्काकै गालामा, मुखैको छेऊमा लगेर टास्ने?,’ उनले भने।गृहमन्त्रीले ‘कोट’ र ‘टार’को जहाँ भए पनि दोषी कसैलाई नछाड्ने भनेर केही दिनअघि दिएको अभिव्यक्तिप्रति ओली आक्रोशित भएका हुन्।उपप्रधान तथा गृहमन्त्री श्रेष्ठको यो अभिव्यक्ति अनैतिक र गैरजिम्मेवार भएको ओलीले बताए।‘अन्यन्तै अनैतिक क्रियाकपाल हो। गृहमन्त्रीको क्रियाकलाप अत्यन्तै गैरजिम्मेवार हो। आफू गृहमन्त्री… यसको भए पनि उसको भए पनि.. यस्ता खालका गैरजिम्मेवार कुराहरू गरेर हिँड्ने? गृहमन्त्रीले बताउनुपर्‍यो, उहाँको संलग्नता छ छैन? यसमा ? सानोतिनो संलग्नतामा त यो काम भएको छैन होला? उहाँको चाहिँ संलग्नता छ कि छैन? छैन भने कसको संलग्नता छ? को छ यसमा? यत्तिकै कोटका गालामा काँक्राको बियाँ टास्ने होइन!,’ ओलीले भने।ओलीले गृहमन्त्रीलाई तरिका पुर्‍याएर बोल्न पनि आग्रह गरे।‘म उहाँलाई सचेत गराउन चाहन्छु, गृहमन्त्रीका हैसियतले बोल्दा तरिका पुर्‍याएर बोल्नुपर्छ, बततमिज हुनु एउटा कुरा हो, यो बततमिजी मात्र होइन, गैरजिम्मेवार हद भयो, जथाभावी बोल्ने गृहमन्त्री भएर, जथाभावी बोल्न गृहमन्त्रीलाई छुट छ?,’ उनले भने।

ताजा / भरखरै प्राप्त

अरूले जवाफदेहीको कुरा उठाउँदा मुद्दा हालिएको ओलीको भनाइ थियो। उनले प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतविरूद्ध गृहमन्त्रीको सचिवालयले साइबर ब्युरोमा दिएको उजुरीको प्रसंग जोडेका हुन्।
‘अर्काले, कसैले गृहमन्त्रीको जवाफदेहीको कुरा उठायो भने मुद्दा हाल्ने जाने? गृहमन्त्रीमाथि मुद्दा हाल्ने कि नहाल्ने? गृहमन्त्रीले र कोट र टारका चर्चा गरेका सम्बन्धमा त्यसको अर्थ के हो?,’ उनले भने।
उनले केही मिडियाले आफ्नो फोटो राखेर समाचार लेखेकोबारे पनि आक्रोश पोखे।
‘तसर्थ यहाँनेर उहाँको पत्रिका नयाँ पत्रिकाले सुरूमै बोल्नु, चेम्बर अधिवेशनमा खिचिएको फोटो, च्याम्बरको मिटिङमा व्यापारी नभएर किसान हुन्छ त? चेम्बर, सिएनआई, एफएनसिसिआईको अधिवेशनमा व्यापारी हुन्छन्। अतः यस्ता गम्भीर विषयलाई डाइभर्ट गर्न खोजिँदैछ?,’ उनको भनाइ थियो।
उनले ध्यान कता मोड्न खोजेको? के छोप्न खोजेको? भनेर पनि प्रश्न गरे।
‘उता चिल देखाएर यता के छोप्न खोजिँदै छ? आकाशतिर..? म नयाँ पत्रिका, गृहमन्त्रीजस्ताहरूलाई सोध्न चाहन्छु, के छोप्न खोजिँदै छ?म पनि भन्न चाहन्छु अबको समयमा, कुनै वन होस्, कुनै वनका छेउछाउ होस्, कसैले पनि यस्ता काम गरेको छ भने अब छोडिनेवाला छैन।यो सुनकान्ड अन्तिमसम्म नपुर्‍याइ हामी पनि छाड्दैनौं, गृहमन्त्रीलाई थाहा होस्, तपाईंहरूले पुर्‍याइदिनुस् गृहमन्त्रीको कानमा!,’ उनको भनाइ थियो।
पहिले पनि सुनकाण्ड हुने गरेको तर त्यतिबेला खनेर निकालेको समेत दाबी गरे।
‘फेरि पनि खनेर ननिकालेसम्म छाड्दैनौं, यसमा कारबाही के हुन्छ? को जिम्मेवार छ? कसमाथि कारबाही हुन्छ? बोक्न त प्लेनले बोक्यो होला, गाडीले बोक्यो होला? भरियाले बोक्यो होला? बोकाउने को हो? प्लेनलाई कसले बोकायो? गाडीलाई कसले बोकायो? भरियालाई कसले बोकायो? ढाकछोप हुन सक्दैन!,’ उनले भने। साभार।

Previous article
तिनाउ नदीले पार गर्‍यो खतराको तहबुटवल, मंगलबार बिहानैदेखि आएको अविरल वर्षाका कारण रूपन्देहीको तिनाउ नदीको जलसतह उच्च खतराको तहभन्दा निकै माथि पुगेको छ।बिहानैदेखि पहाडी जिल्ला पाल्पामा भारी वर्षा भएपछि तिनाउको जलसतह निकै माथि पुगेको हो।जल तथा मौसम विज्ञान विभागको बाढी मापन केन्द्रका अनुसार बिहान सवा ६ बजे तिनाउको जलसतह खतराको तह भन्दा निकै माथि पुगेको र त्यो बढ्दो क्रममा रहेकोले सचेत रहन भनिएको छ।दिउँसो १२ बजेसम्म तिनाउमा जलसतह बढ्ने उच्च जोखिम रहेकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ। लगातारको वर्षापछि आएको बाढीका कारण नदी आसपास तथा होचा स्थानमा डुबानको समस्या भएको छ।अविरल वर्षाका कारण सैनामैनाको भड्छा गाउँ डुबानमा परेको छ। इङगुरीया खोलामा आएको बाढीले सैनामैना ८ भड्छा निवासी शंखमुनी थारूको घर डुवानमा परेको हो।घर गोठ डुबानमा परेपछि थारूको परिवार र ५ वटा बाख्रा चौपायालाई इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोली तथा स्थानीयको संयुक्त प्रयासमा उद्धार गरी स्थानीय लक्ष्मण गैरेको घरमा अस्थायी रूपमा पुनःस्थापना गरिएको वडा अध्यक्ष बुद्धिराम चौधरीले जानकारी दिए।रूपन्देही, नवलपरासी, पाल्पा, प्युठान लगायतका क्षेत्रमा बिहानैदेखि भारी वर्षा भएको छ। भारी वर्षाका कारण तिनाउ र पश्चिम राप्ती नदीमा बाढी आएको छ।यसैगरी नवलपरासीको देउराली र आसपासको क्षेत्रमा पनि भारी वर्षा मापन भएको छ। वर्षाका कारण नवलपरासीको विनयी लगायत साना खोलाहरूको बहाव बढेको छ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles