Monday, February 17, 2025

३७ लाख बढीको लत्ताकपडा बरामदकपिलवस्तु । सशस्त्र प्रहरीले कपिलवस्तुबाट ३७ लाखभन्दा बढीको लत्ताकपडा सहित मोटरसाइकल बरामद गरेको छ।कपिलवस्तुको विजयनगर गाउँपालिका-१ जवाबैराठ इलाकाबाट ३७ लाख २० हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा मोटरसाइकल बरामद गरेको हो।सोही ठाउँको जंगल इलाकामा बेवारिसे अवस्थामा रहेको सो लत्ताकपडा तथा भारतीय नम्बर प्लेटका चारवटा मोटरसाइकल बरामद गरिएको सीमा सुरक्षा गुल्म कृष्णनगरले जनाएको छ ।बरामद गरिएको लत्ताकपडा तथा मोटरसाइकल कृष्णनगर भन्सार कार्यालय कपिलवस्तुमा बुझाइएको छ।

ताजा / भरखरै प्राप्त

Previous article
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउकाठमाडौं महानगरपालिका-७ गौशला लाहुरेटोल बस्ने सोलुखुम्बु घर भएका ४७ वर्षीय आङ्तु राईको घरमा जुवातास खेलिरहेको अवस्थामा राई समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचानाको आधारमा प्रहरी वृत्त गौशलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८२ हजार ६ सय ७० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-१० सेफ फुड गार्डेन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा भोजपुर आमचौक गाउँपालिका बस्ने ३५ वर्षीय राजेन्द्र श्रेष्ठ समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ७ हजार ६ सय ४० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles