Tuesday, January 21, 2025

पर्सा जिल्ला को वीरगञ्ज मा । पर्सा प्रहरीले बिल बिजक भन्दा बढीको सामग्री लोड एउटा ट्रकलाई नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।

ताजा / भरखरै प्राप्त

विद्युतीय तथा खुद्रा समानहरू बोकेको मालवाहक ट्रक नियन्त्रणमा लिएर प्रहरीले राजश्व अनुसन्धानको कार्यालयलाई बुझाएको हो ।

बिल विजकभन्दा बढीको सामग्री लोड गरेर वीरगञ्जबाट एउटा ट्रक चितवनतर्फ गइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मङ्गलवार राती सवा १० बजेको करिबमा वीरगञ्ज – १४ स्थित गण्डक चोकमा ना.३ ख. ५६७१ नम्बरको मालवाहक ट्रकलाई रोकेर चेकजाँच गरेको थियो ।

चेकजाँच गर्ने क्रममा सूचना अनुसार नै ट्रकमा बिल विजकभन्दा बढीको सामग्री लोड रहेको भेटिएपछि नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

नियन्त्रणमा लिएको ट्रक र सामानको प्रहरीले अनुमानित ५५ लाख ८५ हजार ५८१ बराबरको मूल्याङ्कन गरेर थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि बुधवार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Previous article
श्रीमतीको हत्या गर्ने भारतीय पक्राउबारा । बारामा सम्पत्तिको लोभमा आफ्नै श्रीमतीको हत्या गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले भारत पूर्वी चम्पारण ढाका थाना रुपैलिया निवासी ३१ वर्षीय मोहमद अमानुल्लाह मियाँलाई हत्याको आरोपमा पक्राउ गरी आज सार्बजनिक गरेको हो ।एक दिनअघि बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ६ बजार टोलस्थित ससुरालीघर आएका मियाँले श्रीमती २२ वर्षीय आसमिन खातुनको हत्या गरेका थिए । उनले घरायसी बिबाद हुदा मासु काटने हतियारले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले बतएका छन् ।घटनासम्बन्धी जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय सिम्रौनगगढबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले घटनास्थलबाट भाग्दै गरेका मियाँलाई गाँउलेहरु ले पक्राउ गरेको थियो । प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको हतियार समेत बरामद गरेको छ । एक छोरा र दुई छोरी रहेका मियाँले यसअघि पनि पटकपटक श्रीमतीमाथि आक्रमण गर्ने गरेको प्रहरी उपरिक्षक बोगटीले बताउनु भएको छ ।पक्राउ परेका मियाँ माथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेका प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।
Next article
स्रोत नखुलेको ४८ लाख रुपैयाँसहित एकजना प्रहरीको फन्दामाकपिलवस्तु । कपिलवस्तुमा स्रोत नखुलेको ४८ लाख रुपैयाँ नगदसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।मंगलबार साँझ सवा ६ बजेतिर कपिलवस्तु नगरपालिकास्थित नयाँटोलबाट ४७ वर्षीय सुनिलकुमार गुप्तालाई २४ लाख १३ हजार २५५ नेपाली रुपैयाँ र १४ लाख ९४ हजार ९२० भारतीय रुपैयाँसहित पक्राउ गरिएको हो ।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार उनको साथबाट कुल ४८ लाख ५ हजार १२७ रुपैयाँ बरामद गरिएको छ ।स्थानीय रामदेव बर्माको घरमा भाडामा लिएर अवैध रुपमा भारतीय रुपैयाँको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी पुगेर खानतलासी गर्दा उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी प्रेमबहादुर बस्नेतले बताए ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles