Friday, January 17, 2025

एउटै नम्बर प्लेटका दुई वटा मोटरसाइकल भेटिएपछि …

ताजा / भरखरै प्राप्त

धनुषा – धनुषामा एउटै नम्बर प्लेट भएका दुई वटा मोटरसाइकल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार साँझ जाँचका क्रममा एउटै नम्बर प्लेट भएका मोटरसाइकल फेला पारेको हो ।प्रहरीले प्रदेश–२–०२–००३ प ४०२३ नम्बरका दुई मोटरसाइकल फेला परेको जनाएको छ । मोटरसाइकलको कलर र कम्पनी समेत एकै रहेको उनले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले १६० सीसीको अपाचे मोटरसाइकल प्रयोग गर्ने दुई जनासहित मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।

Previous article
Next article
“पाठ्यक्रम विकास तालिम” तेस्रो समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्नराष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा, महाराजगञ्जमा २०८०।०४।०७ गतेदेखि सञ्चालन भएको “पाठ्यक्रम विकास तालिम ” तेस्रो समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम मिति २०८०।०४।१२ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक, प्र.अ.म.नि. टेक प्रसाद राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिबाट दीक्षित भई जाने प्र.उ.-१ जना, प्र.ना.उ.-१० जना, प्र.नि.-१३ जना (१ जना महिला सहित) गरी जम्मा २४ जना प्रशिक्षार्थी सिनियर प्रहरी अधिकृतहरूलाई प्रमाणपत्र वितरण एवं निर्देशन सम्बोधन गर्नुभयो ।साथै, उक्त कार्यक्रममा यस प्रतिष्ठानका निर्देशक प्र.ना.म.नि. रबिन्द्र के.सी., सह-निर्देशक प्र.व.उ. मधुसूदन लुईटेल, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्र.व.उ. दिपेन्द्र जि.सी., सह-निर्देशक प्र.व.उ. बेल बहादुर पाण्डे लगायत अन्य सिनियर प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो भने तालिम संयोजक प्र.उ. चित्र बहादुर गुरुङले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles