Friday, January 17, 2025

नेपालमा मनसुनको प्रभाव रहे पनि देशभर एकैसाथ झरी परिरहेको छैन । मनसुनको आंशिक प्रभाव मात्रै रहँदा देशभर एकसाथ झरी पर्न नसकेको हो । विभिन्न प्रदेशका केही स्थानमा हल्कादेखि भारी वर्षा भए पनि देशभर एकसाथ लामो समयसम्म पानी पर्न सकेको छैन ।

ताजा / भरखरै प्राप्त

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती र मधेश प्रदेशका पश्चिमी भु–भागका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

मौसमविदका अनुसार अहिले मनसुन ड्रप छ । मनसुन ड्रप एक÷दुई दिनमै तोडिनु पर्ने हो । केही दिन अगाडि हेर्दा एक÷दुई दिनमै मनसुनमा रहेको ड्रप तोडिने देखिएको थियो ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेकाले नेपालमा मनसुन ड्रप भएको हो । न्यूनचापीय रेखा सरदर स्थानभन्दा जति धेरै दक्षिणतिर हुन्छ, त्यति नै धेरै नेपालमा मनसुन ड्रप हुन्छ । नेपालमा रहेको मनसुन ड्रप तोडिन दक्षिणतिर रहेको न्यूनचापीय रेखा उत्तरतर्फ अर्थात् नेपालतिर सर्नुपर्ने हो ।

न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहँदा भारतमा धेरै वर्षा हुन्छ । “त्यही भएर केही समययता भारतका धेरै स्थानमा ठूलो वर्षा भएको हामीले सुनिरहेका छौँ,” मौसमविद् सञ्जिव भन्छन्, “न्यूनचापीय रेखा सरदर स्थानभन्दा जतिधेरै उत्तरतर्फ सर्छ त्यति नै नेपालमा धेरै र भारतमा कम वर्षा हुन्छ ।”

राती भने देशभर आंशिक देखी सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मशेध, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles