Tuesday, January 21, 2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपामा प्रवेश गरेपछि स्वतहः उम्मेदवार बन्न सकिन्छ भन्ने उदेश्य मात्र लिएर पार्टीमा प्रवेश गर्ने गरेको भन्दै यसमा आवद्ध हुनु भनेको उमेदवार बन्नु नभएको बताएका छन् । उनले रास्वपा कसैलाई पोस्न र पाल्न नआएको बताए ।

ताजा / भरखरै प्राप्त

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरूले आफू नै मेयर, वडा अध्यक्षको उमेदवार हो भन्ने गरेको भन्दै रास्वपामा अहिले सहभागी हुनु भनेको उमेदवार बन्नु नरहेको स्पष्ट पारेका हुन् ।

रास्वपा साधारण समयमा बनेको पार्टी नभएको भन्दै उनले रास्वपा कसैलाई पोस्न, पाल्न बनेको पार्टी नभएको जिकिर गरे । उनले मिसन ०८४ सही नेतृत्व छान्न सकेको खण्डमा मात्रै सफल हुने बताए । देशमा राम्रा नारा सबैले लगाउने भन्दै उनले नारा राम्रोभन्दा पनि पारा राम्रो हुनुपर्नेमा जोड दिए ।

मिसन ०८४ भनेको सही नेतृत्व छान्न सकियो भने मात्रै सम्भव हुन्छ, नारा सबैले लगाउँछन्, नारा ठिक भएर भएन पारा ठिक हुनुपर्छ, पारा ठिक हुनका लागि हामीसँग राम्रा मान्छे जोडिनुपर्छ, सभापति लामिछानेले भने । यो दौड होइन, जो दौडेर पदमा पहिला बस्यो उसैले उमेदवारी पाइहाल्यो । रास्वपा अन्य पार्टीको हुलमा पार्टी नपुगेर जन्मिएको पार्टी होइन ।’

सभापति लामिछानेले नराम्रो काम गर्ने पार्टीका नेताहरूलाई तत्काल कारबाही गर्ने स्पष्ट पारे । उनले रास्वपा मिसन २०८४ को अभियानमा रहेको बताए । पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरुले आफू नै मेयर, वडा अध्यक्षको उम्मेदवार हो भन्ने गरेको भन्दै रास्वपामा आबद्ध हुनु भनेकै उम्मेदवार बन्नु नभएको उनले बताए ।

उनले रास्वपा साधारण समयमा बनेको पार्टी नभएको बताउँदै कसैलाई पोस्न, पाल्न बनेको पार्टी नभएको दाबी गरे । देशमा राम्रा नारा सबैले लगाउने गरेको बताउँदै उनले नारामा नभई पारा राम्रो हुनुपर्ने बताए । सभापति लामिछानेले नराम्रो काम गर्ने आफ्नो पार्टीका नेताहरुलाई तत्काल कारबाही गर्ने बताए ।

रास्वपा

Previous article
ठोरीको ठुटेखोलामा अस्थायी तटबन्ध बनाउन भारतीय पक्षको अवरोधपर्साको ठोरी बजार कटान रोक्नका लागि ठुटेखोलामा नेपाली पक्षले अस्थायी तटबन्ध (कच्चा कुलो) बनाउन खोज्दा भारतीय पक्षले अवरोध गरेको छ ।ठुटेखोलामा आएको बाढीले नेपालतर्फको ठोरी बजारमा क्षति पुर्या।एपछि गाउँपालिकाको अगुवाइमा ठुटेखोलाभन्दा दक्षिण पट्टी नेपाल तर्फको भूभागमा डोजर चलाएर कच्ची कुलो बनाउने क्रममा भारतीय पक्षले अवरोध गरेको हो ।नेपाली पक्षले बाढीबाट पुग्ने क्षति न्यूनीकरणका लागि अस्थायी तटबन्धको रूपमा कुलो बनाउने काममा भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गरेपछि विवाद भएको स्थानीय चिरञ्जीवी सापकोटाले जानकारी दिए ।विवाद समाधानका लागि दुवै पक्षका सीमा सुरक्षा अधिकारीहरू बीच शुक्रबार बैठक बसेको छ । बैठकले हाललाई नेपाली पक्षले काम अघि नबढाउने गरी मौखिक सहमति भएको ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिए। नेपाल पक्षले खनेको कुलो दशगजा क्षेत्रमा पर्ने भन्दै भारतीय सीमा सुरक्षा बल एसएसबीले कुलो खन्न अवरोध गरेको श्रेष्ठले बताए ।विवादित स्थलमै बसेको बैठकमा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया, प्रस्तावित सीमा सुरक्षा गुल्म सुवर्णपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्द खाती, बीओपी ठोरीका सशस्त्र प्रहरी निरीक्षक सीताराम कार्की, इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक शंकर श्रेष्ठ सहभागि थिए भने भने भारतीय पक्षबाट एसडीएम धनञ्जय कुमार, डीएसपी कुन्दन कुमार, एसएसबीका एसी देवा साकिया लगायतका सुरक्षा अधिकारीको सहभागिता रहेको थियो ।बैठकमा गाउँपालिकाका अध्यक्ष लालबहादुरले श्रेष्ठ, वडा नं २ का वडाध्यक्ष अमृतकृष्ण सापकोटा लगायतको पनि उपस्थिति रहेको थियो भने भारतीय पक्षबाट धमौरा गाउँपञ्चायतका मुखिया रामबिहारी महतो लगायतको सहभागिता रहेको थियो।साभार।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles