Tuesday, January 21, 2025

पेस्तोल र पाँच राउण्ड गोलीसहित सिरहाको सुखिपुरबाट दुईजना पक्राउ:-सिरहा। सिरहा प्रहरीले सुखिपुरबाट अवैध पेस्तोल र त्यसमा लाग्ने पाँच राउण्ड गोलीसहित दुई जनालाई आज शनिवार अपरान्ह नियन्त्रणमा लिएका छन्।प्रहरीले सुखिपुर नपा ४ गोडिअर्वाबाट सिरहाकै औरही गाउँ पालिका २ बननियाँका २४ वर्षिय कम्रउदिन राइन र १८ वर्षिय चन्दन कुमार सदायलाई होममेड सेमीअटोमेटीक पेस्तोल एक थान र त्यसमा लाग्ने पाँच राउण्ड गोलि सहित दुवैजनालाई नियन्त्रणमा लिएका हुन्।प्रहरी चौकी सिलौरवापछुवारीबाट खटिएको प्रहरीले बीआर ३२ एएम ३७७८ नम्वरको भारतीय मोटरसाइकललाई शंकालागि चेक जाच गर्दा मोटरसाइकलको सिट मुनिबाट पेस्टोल र गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रबिन्द्र राज पाण्डेले जानकारी दिए।पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसनधान गरिरहेको प्रहरीले जनाएको छ।

ताजा / भरखरै प्राप्त

Previous article
सशस्त्र प्रहरीले स्याउसहित नियन्त्रणमालिएको ट्रक भन्सारमा बुझाएसिरहा। सशस्त्र प्रहरीले अवैधरुपमा भारत लैजादै गरेको एक सय ३५ कार्टुन स्याउ सहित मिनि ट्रक नियन्त्रणमा लिएको छ।स. १ ख ६०० नम्वरको ट्रकमा लोडगरी नेपालबाट भारतर्फ लादै गरेको बिल बिजक नभएको अवैध एक सय ३४ कार्टुन स्याउ र ट्रक भारनीय सीमानजीक नवराजपुर ५ बाट विहिवार विहान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।नजराजपुर ५ देवनर र झाँझपट्टी विचको कृषिसडक हुदै भारत तर्फ लगिरहेको अवस्था सशस्त्र प्रहरी बल नेपालको चेकपाइन्ट टोलिले चेकजाँचको क्रममा ट्रक सहित स्याउ नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि ठाडी भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीका प्रमुख एसपी प्रमोद कुमार भारतीले जानकारी दिए। ट्रकका चालक भने फरार रहेका छन्।तेस्रो मुलुकबाट आएका श्याउ, सुपाडी, मरिच, केराउ लगाएतका सामाग्रि अवैधरुपमा नेपाल हुँदै भारत भित्रिने गरेको छ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles