Friday, January 17, 2025

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

ताजा / भरखरै प्राप्त

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
काठमाडौं, टोखा नगरपालिका-९ मिलन टोलस्थित राजेन्द्र प्रसाद जोशीको सेती गण्डकी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा बैतडी पुर्चौडी नगरपालिका-९ घर भएका ३६ वर्षीय राजेन्द्र बहादुर थापा समेत १२ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १० लाख ४४ हजार ५ सय नेपाली रूपैयाँ र २ हजार ५ सय भारतीय रूपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ
काठमाडौं महानगरपालिका-१६ कुमारीथान बस्ने विजय थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने झापा कनकाई नगरपालिका-२ घर भएकी ३५ वर्षीया पदमा मगर समेत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ४ हजार ७ सय १५ रूपैयाभ र १ बुक ताससहित पक्राउ गरेको हो ।
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी बस्ने ओखलढुङगा लिखु गाउँपालिका-१ घर भएका २५ वर्षीय सिर बहादुर कार्कीको होटलमा जुवातास खेलिरहेको अवस्थामा कार्की समेत १३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
काठमाडौं महानगरपालिका-७ गौशला लाहुरेटोल बस्ने सोलुखुम्बु घर भएका ४७ वर्षीय आङ्तु राईको घरमा जुवातास खेलिरहेको अवस्थामा राई समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचानाको आधारमा प्रहरी वृत्त गौशलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८२ हजार ६ सय ७० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-१० सेफ फुड गार्डेन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा भोजपुर आमचौक गाउँपालिका बस्ने ३५ वर्षीय राजेन्द्र श्रेष्ठ समेत ११ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ७ हजार ६ सय ४० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
भक्तपुर, मध्यपुरठिमी नगरपालिका-९ गाँखु बस्ने ७० वर्षीय बलराम खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा खड्का समेत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
खड्काको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८६ हजार २५ रुपैंया र ३ बुक ताससहित पक्राउ गरेको हो ।
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
पाल्पा, रैनादेबीछहारा गाउँपालिका-४ अमलाबासस्थित ३१ वर्षीय मिठु पुनको रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-४ छहरा बजार बस्ने ४२ वर्षीय अमृत भन्डारी समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मुझुङ र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ३ सय ९० रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
काठमाडौं, काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँबस्ती डेरा गरी बस्ने चितवन भरतपुर महाननगरपालिका-११ भोजाङ घर भएका ५० वर्षीय जगत बहादुर गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरुङ समेत ५ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
गुरुङको कोठामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्‍त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ३ सय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

Previous article
Next article
आज साउन १५ : खीर खाने दिनसाउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदैउ छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो ।दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रुपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराई बताउँछन् ।यही साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ ।हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो ।साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ ।यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् भट्टराई बताउनुहुन्छ । तर यसको कुनै शास्त्रीय वचन भने छैन ।ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो ।अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खीर बनाउँछन् ।चामल, साबुदाना, सेवइ, मकै, गाजर लगायतको खीर बनाउने गरिन्छ । साबुदाना–सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ ।खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरेको छ ।नेपाली समाजमा असार १५ गते दहीच्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवम् छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ ।दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ ।बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, ४ दशमलव ७ प्रतिशत ल्याक्टोज र ३ दशमलव ५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति एक सय ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने उल्लेख छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles