कपिलवस्तुको शिवराज नगरपालिकाको एक महिला कर्मचारी माथि शुक्रबार राती बलत्कार प्रयास भएको छ । नगरपालिकाकाले सन्चालन गरेको आधारभुत स्वास्थ्य केन्द्र चन्द्रौटाका प्रमुख लेखनाथ पौडेल र शिवराज नगरपालिका वडा नं ३ बस्ने युवा भुवन पाण्डेले महिला कर्मचारी माथि बलत्कारको प्रयास गरेको आरोप लागेको हो । रात्री डिउटीमा खटिएका महिला कर्मचारी माथि बलत्कार प्रयास भएको हो ।
शुक्रबार राती करिब १ बजे मदिरा सेवन गरी आधारभुत स्वास्थ्य केन्द्र चन्द्रौटाका प्रमुख पौडेल र भुवन पाण्डेले महिला कर्मचारीलाई कपडा खोल, यहाँ सुत भन्दै जबरजस्ती गरेको पिडितले बताएका छन ।महिला कर्मचारीहरु रोइ कराई गरेको बताएका छन । आरोपित पौडेल र पाण्डे सम्पर्क विहिन रहेका छन ।शिवराज नगरपालिका नगर प्रमुख अजय थापाले विवादित स्वास्थ्य कर्मी पौडेललाई साउन १ गतेबाट आधारभुत स्वास्थ्य केन्द्रको जिम्मेवारी दिएका थिए । मेयर थापाको ठाडो आदेशबाट स्वास्थ्यकर्मी पौडेललाई आधारभुत स्वास्थ्य केन्द्रको प्रमुख तोकिएको थियो ।
घटना शुक्रबार रातीको भएपनि मेयर थापा र प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेयले लुकाएको पिडित स्वास्थ्यकर्मीले जानकारी दिनुभयो ।वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक शेखर जंग मल्लले यस विषयमा कुनै जानकारी नभएको बताउनुभयो ।साभार।