बारा जिल्ला को मटिअर्वा नाकामा सुरक्षा कमजोरी उजागर” हाम्रो नेपाली सुरक्षाकर्मीहरुको आँखामुनि भईरहे को छ, गाँजाको तस्करी, भारतिय प्रहरीले ५.०५ केजीसहित एक जना महिलालाई पक्राउ गरेका छन् ।
नेपाल–भारत सीमावर्ती क्षेत्र मटिअर्वा नाकामा पुनः लागूऔषध तस्करीको गम्भीर घटना सार्वजनिक भएको जनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको निरन्तर उपस्थिति रहेको उक्त नाकाबाट दशगजाभित्रै हुँदै भारततर्फ लगिँदै गरेको ५.०५ केजी गाँजासहित एक जना नेपाली महिला भारतीय सुरक्षाकर्मीद्वारा पक्राउ परेकी छन्। घटनाले सीमामा नेपाली सुरक्षाको प्रभावकारिता र निगरानी प्रणालीमाथि गम्भीर प्रश्न बाराका स्थानीयले उठाएका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको निरन्तर उपस्थिति रहेको उक्त नाकाबाट दशगजाभित्रै हुँदै भारततर्फ लगिँदै गरेको ५.०५ केजी गाँजासहित एक नेपाली महिला भारतीय सुरक्षाकर्मीको संयुक्त कारबाहीमा पक्राउ परेकी छन् ।
यो घटनाले सीमामा नेपाली सुरक्षाको प्रभावकारिता र निगरानी प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।
इन्टेलिजेन्स सेटअप ७१ बटालियन मोतिहारीबाट प्राप्त गोप्य सूचनाका आधारमा ‘C’ कम्पनी बेलदरवा मठ, ७१ बटालियन मोतिहारी तथा बिहार प्रहरीको संयुक्त टोलीले, सो अपरेसन मटियारवा पोस्ट अन्तर्गत पर्ने INB BP नं. ३८४ नजिकै, भारततर्फ करिब ५० मिटर दूरीमा रहेको लाला छपरा गाउँ आसपास केन्द्रित गरिएको थियो।
संयुक्त टोलीले शंकास्पद गतिविधि निगरानीका क्रममा झोलासहित ५.०५ केजी गाँजा बरामद गरेको भारतिय प्रहरीले बताउँछन् । पक्राउ परेकी महिला बारा जिल्ला, प्रसौनी गाउँपालिका वडा नं. २ को स्थायी बासिन्दा रहेको भारतिय प्रहरीले जनाएका छन् । खुलाइएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार बरामद गाँजा नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएको अवस्थामा फेला परेको हो।
नेपाली सुरक्षाकर्मीको नियमित गस्ती र निगरानी क्षेत्रसँग अत्यन्त नजिक पर्नुले सीमावर्ती नाकामा लागूऔषध तस्करी कति सहज बनेको छ भन्ने यथार्थ उजागर गरेको छ। स्थानीयवासीहरूले पटक–पटक सीमामा तस्करी बढ्दै गएको गुनासो गर्दै आए पनि प्रभावकारी नियन्त्रण नदेखिएको आरोप लगाउँदै आएका छन्।
बरामद सामग्री र पक्राउ परेकी महिलालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि आदापुर प्रहरी चौकीमा बुझाएको भारतिय एसएसबीले जानकारी दिएका छन् ।
भारतीय सुरक्षाकर्मीहरुले तस्करी सञ्जाल, सम्भावित संलग्न व्यक्ति तथा मार्गबारे विस्तृत अनुसन्धान तीव्र बनाएको बताएका छन्।


