मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवानको मृत्युधनगढी । कैलालीको गोदावरीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ ।दुर्घटनामा परी नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत प्रहरी जवान कपिल कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–३ को चौकीडाँडामा सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । घटनामा सिकिस्त घाइते कठायतको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आइतबार राति साढे ९ बजे मृत्यु भएको हो ।मोटरसाइकलमा सवार अर्का प्रहरी जवान हेमराज डाउकाको अवस्था चिन्ताजनक छ।डाउकाको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।