Monday, July 6, 2026

आईजीपी,कार्की-आईजीपी,पाैडेल,एसएसपी,ज.ब.रा.,अमरिका प्रस्थान

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पाैडेल, संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा आयोजना हुन गइरहेको पाँचौं United Nations Chiefs of Police Summit (UNCOPS) मा सहभागी हुन आज,आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएका छन् ।
प्रहरी महानिरीक्षक कार्कीसँग उक्त समिटमा सहभागी हुन सशस्त्र प्रहरी बल, नेपालका नारायण दत्त पौडेल र नेपाल प्रहरीको तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्सेर ज.ब.रा. समेत त्यसतर्फ प्रस्थान गर्नुभएका छन् ।


प्रहरी महानिरीक्षक कार्कीको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित विदाई गर्नु भएका थिए ।
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्र संघको आयोजनामा अमेरिकाको न्यूयोर्कमा हुने चिफ अफ पुलिस समिटमा सहभागी हुन उनी आइतबार साँझ अमेरिका प्रस्थान गरेका हुन् ।उनी कतार एयरवेजबाट अमेरिका
गएको बताइएको छ । उनी सँगै सशस्त्र प्रहरीका महानिरीक्षक नारायणदत्त पौडेल पनि अमेरिका गएका छन् । उनीहरू दोहा हुँदै अमेरिका पुग्ने छन् ।
समिट यही जुलाई ७ र ८ हुनेछ। सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले निमित्त प्रमुखको जिम्मेवारी वंशीराज दाहाललाई दिएका छन्।आफू अमेरिका प्रस्थान गर्ने भएपछि आईजीपी कार्कीले हालै राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगन्जमा सरुवा भएका एआईजी राजन अधिकारीले निमित्त प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् । सशस्त्र प्रहरी बल नेपाल का आईजीपी पौडेल न्युयोर्क जाँदा एआईजी वंशीराज दाहालले पाए जिम्मेवारी । सशस्त्र आईजीपी नारायण दत्त पौडेल अमेरिकाको न्युयोर्क जाने भएपछि, आईजीका निमित्तको जिम्मेवारी एआईजी वंशीराज दाहाललाई दिइएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles