नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले सबै नेताहरु इमान्दार बन्न नसकेको बताएका छन् ।
नेताहरु इमान्दार बने मात्रै देशले सफलता प्राप्त गर्ने उनको तर्क छ । उनले आफूलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न खोज्दा देशको विकास नभएको बताएका छन् ।
नेपालले कुनैपनि कार्य गर्न इमन्दारिता मुख्य कुरा रहेको भन्दै सबै व्यक्ति आफूप्रति इमान्दार हुनुपर्ने बताए ।
‘अल्छी मान्छेले केही गर्न सक्दैन । अल्छी हुनुहुँदैन, ढाँट्न हुँदैन, छलछाम गर्नुहुँदैन । हामी आफ्नो देश बनाउन सक्छौं की सक्दैनौं भन्ने प्रश्न खडा भएको छ ।’, नेपालले प्रश्न गरेका छन् ।