Monday, February 17, 2025

पोलमा बाँधेर मान्छे कुट्ने पक्राउरौतहट । पोलमा बाँधेर मान्छे कुटेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३८ वर्षीय साजिद अन्सारी रहेका छन् ।प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवका अनुसार गत साउन १४ गते गौर नगरपालिका–३ पोखरिया टोल स्थित मस्जिद छेउवामा एक जना मानिसलाई अन्सारीले पोलमा बाँधी कुटपिट गरेका थिए । कुटपिटको भिडियो मिडिया र सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले कुटपिट गर्नेको खोजी सुरु गरेको थियो ।यादवका अनुसार अन्सारीलाई म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

ताजा / भरखरै प्राप्त

Previous article
रोहित चौधरीलाई गोली हानी हत्या गरेको आरोपमा २ पक्राउविराटनगर । सुनसरीको धरानको सडकखण्डमा विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले चौधरीको हत्या आरोपमा पक्राउ परेका आरोपीहरूको साथबाट पेस्तोसहित पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ ।प्रहरीले हत्या आरोपीलाई घटना भएको १२ दिनपछि पक्राउ गरी सर्वाजानिक गर्ने तयारी गरेको छ । आज दिउँसो तीन बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पत्रकार सम्मेलन गरी हत्या आरोपीलाई सार्वजानिक गर्ने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए ।प्रहरीले हत्या कारण र आरोपीको नाम अहिले गोप्य राखेको छ । ‘पत्रकार सम्मेलनमा घटनाको बारेमा जानकारी दिनेछौं,’ डिआइजी बास्तोलाले भने, ‘ अहिले मैले यति भने ।’ यस घटनाको अनुसन्धान प्रदेश प्रहरी कार्यालय रिट र सुनसरी प्रहरीले संयुक्त रुपमा अनुसन्धान गर्दै आएको छ । साउन ५ गते चौधरीमाथि धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको थियो । साथीसँग मूलघाटबाट विराटनगर आउँने क्रममा जंगलमा उनको दाहिने कोखमा गोली लागेको थियो । उपचारको क्रममा बीपी कोइरला विज्ञान प्रतिष्ठान धारनमा मृत्यु भएको थियो ।साभार।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles