सरकारले गौर हत्याकाण्ड पीडित संघर्ष समितिलाई वार्तामा बोलाएको छ । प्रधानमनन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव अर्जुन भण्डारीले बिहीबार संघर्ष समितिलाई पत्र पठाएर सम्वादमा आउन आग्रह गरेका हुन् । पत्रमा आन्दोलनबारे प्रधानमनत्रीको ध्यानाकर्षण भएको र आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्ता–सम्वादमा आउन आग्रह गरिएको छ । वार्ता आइतबार बिहान ८ बजेलाई तय भएको छ ।गौर हत्याकाण्डका दोषीलाई कारबाही गर्न माग गर्दै रौतहटको चन्द्रपुरमा ७ दिनदेखि धर्ना जारी छ भने प्रदर्शन पनि भइरहेको छ ।