Monday, February 17, 2025

नेपाली कांग्रेसको भोलि साउन २० देखि सुरु हुने १० दिने सांगठनिक सुदृढीकरण अभियानका लागि तोकिएका केन्द्रीय प्रतिनिधिहरू जिल्ला जान थालेका छन् । केही नेताहरू बिहीबार नै तोकिएको जिल्लामा पुगिसकेको बताइएको छ । केन्द्रीय नेताहरूलाई जिल्लान्तर गरेर जिम्मेवारी तोकिएको छ । साउन २ देखि १० गतेसम्म बसेको केन्द्रीय समिति बैठकको निर्णय बमोजिम केन्द्रीय प्रतिनिधिहरू जिल्ला खटिएका हुन् ।

ताजा / भरखरै प्राप्त

अभियान भोलिदेखि साउन ३० गतेसम्म सञ्चालन हुने छ । पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले खटाइएका मध्ये लगभग ५० प्रतिशत केन्द्रीय प्रतिनिधिहरू जिल्ला पुगिसकेको बताए । पार्टी सभापति शेरबहादुर देउवाले ७७ जिल्लाको १६५ वटै निर्वाचन क्षेत्रका लागि प्रतिनिधि तोकेका हुन् । यो अभियानमा सहमहामन्त्रीदेखि केन्द्रीय सदस्य तथा पूर्वकेन्द्रीय सदस्यहरूलाई पठाइएको छ ।

कांग्रेसले सांसद रहेका केन्द्रीय सदस्यलाई भने जिम्मेवारी दिइएको छैन् । सांसदबाहेकका नेताहरूलाई मात्र खटाइएको छ । पार्टीको दोहोरो पदीय भूमिकामा रहेका नेताहरूलाई पहिलो चरणको पार्टी संगठन सदृढीकरणका लागि नेता परिचालित गर्ने कुरामा सांसद र केन्द्रीय सदस्य दुवै पदमा भएकालाई जिम्मेवारी नदिइएको हो ।

केही जिल्लामा केन्द्रीय सदस्यहरू र केहीमा पूर्व केन्द्रीय सदस्यलाई खटाइएको छ । केन्द्रीय सदस्य तर सांसद पनि भएकालाई भने जिम्मेवारी दिइएको छैन । प्रतिनिधिहरु पहिलो चरणमा २० देखि ३० साउनसम्म आन्तरिक पार्टी संगठन सदृढीकरणका लागि परिचालित हुने छन् । दोस्रो चरण भदौ १० देखि २४ गतेसम्म अभियान तोकिएको छ ।

पहिलो चरणमा जिल्ला जाने केन्द्रीय सदस्यहरूले पूर्ण रुपमा पार्टीको आन्तरिक संरचनाका लागि कार्य गर्नेछन् । अपूर्ण रहेको कार्यसमिति छ भने पूर्णता दिने, नियमित बैठक बस्न लगाउने, रिपोर्टिङ लिने, सम्मेलन भएको छैन भने मिति तोक्न लगाउने, सम्मेलन भएको रहेछ भने रिपोर्ट दिन लगाउने, आन्तरिक विवाद समाधान गर्ने, नयाँ क्रियाशील सदस्यता वितरण, नवीकरण लगायतका काम पहिलो चरणमा हुने कांग्रेसले जनाएको छ ।

यसअघि कांग्रेस केन्द्रीय समिति बैठकले प्रत्येक गाउँ वा नगर समितिले सेवा दल बनाउने निर्णय गरेको थियो । सेवा दल गठनको प्रक्रिया सुरु गराउन केन्द्रीय सदस्यहरूले सहजीकरण गर्नेछन् । भदौ १० देखि २४ गतेसम्म तोकिएको दोस्रो चरणको अभियानमा नागरिकसँग जोडिएर केन्द्रीय सदस्यहरूले गतिविधि गर्नुपर्ने हुन्छ । दोस्रो चरणलाई नेपाली कांग्रेसले समुदायमा आधारित राष्ट्रव्यापी अभियान भनेको छ । दोस्रो चरणमा केन्द्रीय सदस्य समुदायमा जाने, नागरिकसँग प्रत्यक्ष कुराकानी गर्ने र उनीहरूको कुरा सुन्ने काम हुनेछ ।

पार्टीको आन्तरिक जीवनमा आमुल परिवर्तनका एजेण्डा बनाउने, कार्यान्वयन गर्ने र जिल्लाका राजनीतिक तथा समसामयिक विषयमा कांग्रेसले कस्तो उपस्थिति जनाउने भन्ने बारे जिल्लामा भेला भएका केन्द्रदेखि इकाइसम्मका नेताहरूबीच छलफल चल्नेछ । यसका लागि केन्द्रबाट केन्द्रीय सदस्यसहित अन्य नेताहरू पनि खटाइएका छन भने प्रदेश सभापति र प्रदेश कार्यसमितिलाई पनि कार्यक्रमको जिम्मेवारी दिइएको छ ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
परिणाम देखिने गरी काम गर्न कर्मचारीलाई मन्त्री गुरुङको निर्देशन
परिणाम देखिने गरी काम गर्न कर्मचारीलाई मन्त्री गुरुङको निर्देशन
साउन १९, २०८० शुक्रबार

म प्रधानमन्त्री भएर आएको ७ महिना बित्याे, अझै मन्त्रिपरिषदका निर्णयहरु कार्यान्वयन भएका छैनन् : प्रधानमन्त्री
म प्रधानमन्त्री भएर आएको ७ महिना बित्याे, अझै मन्त्रिपरिषदका निर्णयहरु कार्यान्वयन भएका छैनन् : प्रधानमन्त्री
साउन १९, २०८० शुक्रबार

माओवादी केन्द्रको सीसी बैठकः नेताहरूको कार्यशैलीकाे चर्को आलोचना
माओवादी केन्द्रको सीसी बैठकः नेताहरूको कार्यशैलीकाे चर्को आलोचना
साउन १९, २०८० शुक्रबार

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles