राशन घोटाला पुष्टि भएपछि सशस्त्र प्रहरीका दुई नायव उपरीक्षक डीएसपी कारबाहीमा परेको छन् । कर्मचारीहरूलाई नियमविपरीत ठूलो संख्यामा बिदा दिएर राशनमा अनियमितता गरेको पुष्टि भएपछि, सशस्त्र प्रहरी बलले सल्यान र जाजरकोटका दुई डीएसपीमाथि कारबाही गरेको छ। विशेष छानबिन टोलीको प्रतिवेदनले दोषी ठहर गरेपछि दुवै गुल्मपतिलाई जिम्मेवारीबाट फिर्ता बोलाई प्रधान कार्यालयको कानुन निर्देशनालयमा हाजिर गराइएको छ । उजुरीपछि सशस्त्र प्रहरी मुख्यालयले सशस्त्र प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी)को नेतृत्वमा टोली खटाएर स्थलगत अनुसन्धान गरेको थियो। अनुसन्धानबाट राशन व्यवस्थापनमा बदमासी र कर्मचारी बिदा प्रक्रियामा अनियमितता भएको पुष्टि भएपछि विभागीय कारबाही अघि बढाइएको जनाएको छ। रिक्त भएका दुवै गुल्ममा नयाँ कमान्डर खटाउने तयारीसमेत गरिएको बताइएको छ ।
सुरक्षा कमजोरी र लापरबाही देखिएको भन्दै नेचुङस्थित बोर्डर आउट पोस्टका तत्कालीन इन्स्पेक्टरमाथि समेत कारबाही प्रक्रिया सुरु गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


