Friday, January 17, 2025

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदले गरेका कैयौँ निर्णयहरू अझै पनि कार्यान्वयन हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

ताजा / भरखरै प्राप्त

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित मन्त्रालय स्तरीय समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले निर्णय कार्यान्वयनको विषयलाई लिएर चिन्ता व्यक्त गरेका हुन् । उनले अब देखिने गरी काम गर्न मातहतका निकायलाई निर्देशन पनि दिए ।

उनले मन्त्रिपरिषदले गरेका कैयौँ निर्णयहरू अझै पनि कार्यान्वयन हुन नसक्नुको कारण पत्ता लगाउनुपर्ने बताए । यो विषयमा उचित र प्रभावकारी समन्वय प्रधानमन्त्री कार्यालयबाट हुन नसकेको उनको ठहर छ । यसमा देखिने गरी सुधारका लागि आजैदेखि काम थल्न उनले निर्देशन दिए । प्रधानमन्त्री कार्यालयका कार्यहरूको वार्षिक क्यालेन्डर तयार गरी लागू गर्न उनले निर्देशन दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कर्मचारीहरूले दैनिक रूपमा आफूले गरेका कार्यहरूको डायरी लगत तयार गरी लिखित रूपमा एक तहमाथिको सुपरीवेक्षकसमक्ष पेश गर्न र सोही अनुसार कर्मचारीको पाक्षिक रूपमा मूल्यांकन गर्ने प्रणालीको सुरुवात गर्नुपर्ने प्रचण्डको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले कार्यालयलाई स्मार्ट र सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गर्नुपर्ने बताए । उनले भने, ‘अहिले म प्रधानमन्त्री भएर आएको ७ महिना बितिसकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय देशको सर्वोच्च कार्यकारी निकाय हो । यहाँबाट हुने कार्यसम्पादनको प्रतिबिम्बले सिँगो देशको कार्यप्रगति र सरकारको प्रतिविम्ब झल्किन्छ । त्यसैले हामी स्मार्ट र सेन्टर अफ एक्सिलेन्सको रुपमा विकास हुन जरुरी छ । प्रधानमन्त्री कार्यालय जगेडा कर्मचारी थन्काउने थलो भनेर जसरी विम्ब स्थापना गर्न खोजिएको छ, त्यसलाई चिर्न पनि जरुरी छ ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र अन्तर्गतका निकायहरूले गरेका कार्य प्रगतिको समीक्षा गर्दा समस्याका चाङ पनि यथावतै रहेको उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले सरकारी कर्मचारी तथा पदाधिकारीहरूको वैदेशिक भ्रमणलाई उपयोगी एवं नतिजामुलक र व्यवस्थित बनाउन आवश्यक रहेको बताए । उनले नेपालको तर्फबाट प्रतिनिधित्व गर्नुपर्ने र आवश्यकता देखिएका बाहेकका वैदेशिक भ्रमणलाई निरुत्साहन गर्नुपर्ने बताए ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
परिणाम देखिने गरी काम गर्न कर्मचारीलाई मन्त्री गुरुङको निर्देशन
परिणाम देखिने गरी काम गर्न कर्मचारीलाई मन्त्री गुरुङको निर्देशन
साउन १९, २०८० शुक्रबार

माओवादी केन्द्रको सीसी बैठकः नेताहरूको कार्यशैलीकाे चर्को आलोचना
माओवादी केन्द्रको सीसी बैठकः नेताहरूको कार्यशैलीकाे चर्को आलोचना
साउन १९, २०८० शुक्रबार

भोलिदेखि सुरु हुने १० दिने अभियानका लागि कार्यस्थलतिर लागे कांग्रेसका प्रतिनिधि, ७७ वटै जिल्लामा कार्यक्रम
भोलिदेखि सुरु हुने १० दिने अभियानका लागि कार्यस्थलतिर लागे कांग्रेसका प्रतिनिधि, ७७ वटै जिल्लामा कार्यक्रम
साउन १९, २०८० शुक्रबार

नेपालबहस ट्रेन्डिङ
रास्वपाका नेताले ठेक्का लिएको सशस्त्रको वस्त्र खरिदमा करोडौं भ्रष्टाचार, सेटिङमा प्रति सेट १० हजार घोटला
रास्वपाका नेताले ठेक्का लिएको सशस्त्रको वस्त्र खरिदमा करोडौं भ्रष्टाचार, सेटिङमा प्रति सेट १० हजार घोटला
नेपालबहस संवाददाता

साउन १७, २०८० बुधबार

बैतडीमा अनौठो बच्चा जन्मियो, टाउकोतिर खुट्टा !
बैतडीमा अनौठो बच्चा जन्मियो, टाउकोतिर खुट्टा !
नेपालबहस संवाददाता

साउन १८, २०८० बिहिबार

लुम्बिनी विकास बैंकको ओरालो यात्रा, खराब कर्जा आक्रामक हिसाबले बढ्दै !
लुम्बिनी विकास बैंकको ओरालो यात्रा, खराब कर्जा आक्रामक हिसाबले बढ्दै !
नेपालबहस संवाददाता

साउन १८, २०८० बिहिबार

आङकाजी शेर्पा नेतृत्वको समूहद्वारा काठमाडौं प्रहरी परिसरमा ढुंगामुढाः १२ प्रहरी घाइते, २८ प्रदर्शनकारी पक्राउ
आङकाजी शेर्पा नेतृत्वको समूहद्वारा काठमाडौं प्रहरी परिसरमा ढुंगामुढाः १२ प्रहरी घाइते, २८ प्रदर्शनकारी पक्राउ
नेपालबहस संवाददाता

साउन १७, २०८० बुधबार

लोकप्रिय
माछापुच्छ्रे बैंक आधारभूत रुपमा यसरी भयो बलियो, आकर्षक वित्तीय विवरणले लाभांश क्षमतामा छलाङ्ग

माछापुच्छ्रे बैंक आधारभूत रुपमा यसरी भयो बलियो, आकर्षक वित्तीय विवरणले लाभांश क्षमतामा छलाङ्ग
साउन १९, २०८० शुक्रबार

तस्करीको सुन अनुसन्धानमा प्रधानमन्त्री र गृहमन्त्रीबीच विवाद, प्रचण्डको हप्कीपछि श्रेष्ठ मन्त्रालय नगई बाहिरिए

तस्करीको सुन अनुसन्धानमा प्रधानमन्त्री र गृहमन्त्रीबीच विवाद, प्रचण्डको हप्कीपछि श्रेष्ठ मन्त्रालय नगई बाहिरिए
साउन १८, २०८० बिहिबार

130/073/074

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles