Friday, May 29, 2026

४ अर्ब ३ करोड बजेट विनियोजन ३ वर्षभित्र ८ हजार क्षमता भएका १० वटा रंगशाला तयारी गरिने :-

ताजा / भरखरै प्राप्त

सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।अन्तराष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकासपछि सम्मानजनक जीवन जिउन सक्नेगरि आजिवन स्वास्थ्य उपचारको व्यवस्था गरिने भएको छ ।
सरकारले खेलकुद क्षेत्रमा ४ अर्ब तीन करोड विनियोजन गरेको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन्।जसअन्तर्गत सरकारले तीन वर्षभित्र ८ हजार दर्शक क्षमता भएका १० वटा फुटबल रंगशालालाई फ्लडलाइटमा स्तरोन्नति गर्ने भएको छ।प्रमुख आठ शहरमा ५ वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निमार्ण गर्ने पनि सरकारको तयारी छ।

यस्ता छन् खेलकुद क्षेत्रको बजेट हाइलाइट्सः

-तीन वर्षभित्र ८ हजार दर्शक क्षमता भएका १० वटा फुटबल रंगशालालाई फ्लडलाइटमा स्तरोन्नति गरिने
-प्रमुख आठ शहरमा ५ वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निमार्ण गरिने

-विराटनगर, लहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तिमा २ हजार क्षमताका इन्डोर मल्टिप्रपोज स्टेडियम आगामी ३ वर्षभित्र निर्माण गरिने

-मुलपानी क्रिकेट रंगशाला तथा एकेडेमी, गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र कैलालीको फाप्ला रंगशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गरिने

खेलकुदमा विशेष रुचि र क्षमता भएका विद्यार्थीलाई विद्यालयको आधारभुत तहदेखि छनोट गरी आवासीय सुविधासहित तालिम दिने व्यवस्था मिलाइने

-अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकासपछि सम्मानजनक जीवन जिउन सक्ने गरी आजिवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने

-सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद सम्पन्न गर्न मधेश प्रदेशमा प्रस्तावित ११ औं खेलकुद प्रतियोगिताका लागि रकम छुट्टाइएको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles