Monday, February 17, 2025

सशस्त्र प्रहरीद्वारा २४ लाखकाे तस्करीकाे सामान बरामद

ताजा / भरखरै प्राप्त

हेटौंडा । ट्रकको क्याविनमा लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित औषधिसहित मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका १५ चुरियामाईस्थित पूर्व पश्चिम लोकमार्गबाट २०८० साउन १८ गते सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिएकाे छ ।काभ्रे जिल्लाको मन्डन देउपुर नगरपालिका ९ बस्ने अन्दाजी ५० वर्षीय ज्ञानेन्द्र कुमार सापकोटालाई सशस्त्र प्रहरीकाे नं. १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो । 

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र. ०१–००६ ख २६५६ नम्बरको ट्रकको क्याविनमा लुकाई छिपाई ल्याउँदै गरेको १ लाख ३१ हजार ७ सय ६० वटा ट्रमाडोल ट्याब्लेट र १ सय ५० वटा म्याड गुज्रीएको महरिच मल्टि भिटामिन ट्याब्लेट सहित उनलाई नियन्त्रणमा लिईएको हो । उनी ट्रकका चालक रहेका छन् ।
साथै ट्रकमा लोड गरी ल्याउँदै गरेको करिब १४ लाख ४६ हजार रुपैयाँ बराबरको लत्ताकपडा र प्रिन्टिङ्ग पेपरको बिलविजक फेला नपरेपछि उक्त लत्ताकपडासहित ट्रक नियन्त्रणमा लिईएको हो ।
नियन्त्रणमा लिइएका सापकोटालाई बरामद औषधिसहित आवश्यक कारवाहीको लागि औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगंजमा र बरामद लत्ताकपडा, प्रिन्टिङ्ग पेपर र ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको सशस्त्र प्रहरीले जानकारी दिएकाे छ ।

चोरीनिकासीको सामान बरामद

इलाम जिल्लाको सर्योदय नगरपालिका २ स्थित दुईमाईल ईलाकाबाट साउन १७ गते सशस्त्र प्रहरीले ७ लाख ७८ हजार ४ सय रुपैयाँ बराबरको चुरोट र टु मेन टेन्ट (पाल) बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएकाे छ ।
नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उल्लेखित मूल्यको खुकुरी, शिखर, पाइलट चुरोट र ५ थान पाल प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरले बरामद गरेको हो ।
सोही ठाउँमा रहेको जंगलको बाटो हुँदै लैजाँदै गरेका व्यक्तिहरुले गस्तीमा रहेको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै चुरोट तथा पाल सोही ठाउँमा छाडी फरार भएका थिए । बरामद सामान पशुपतिनगर भन्सार कार्यालय इलाममा बुझाईएको छ ।

तस्करीको चिनीसहित दुई वटा मोटरसाईकल नियन्त्रण

रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका ३ छोड्की रामनगर ईलाकाबाट साउन १८ गते सशस्त्र प्रहरीले करिब १ लाख ४७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको चिनीसहित मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
भारतबाट अवैधरुपले दुई वटा मोटरसाईकलमा ल्याउँदै गरेको उल्लेखित मूल्यको ३ सय के.जी. चिनी सशस्त्र प्रहरीकाे प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले नियन्त्रणमा लिएको हो  । बरामद चिनी तथा मोटरसाईकल भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाईएको सशस्त्र प्रहरीले जानकारी दिएकाे छ ।
Previous article
Next article
लमजुङमा जुवा खालबाट साँढे चार लाख सहित २२ जुवाडे पक्राउलमजुङ । लमजुङ प्रहरीले बिहीबार साँझ जुवा खेल्ने, खेलाउने र हेर्ने गरी २२ जनालाई पक्राउ गरेको छ ।बेसीसरहबाट खटिएको प्रहरी अप्रेसन टोलीले मर्स्याङ्दी गाउँपालिका ९, तल्लो पामचोक स्थित एक घरबाट जुवाडेलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट करिब साँढे ४ लाख रुपैयाँसहित कौडा बरामद भएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा छिमेकी जिल्ला गोरखाका र केही लमजुङका रहेका छन् । उनीहरूको पहिचान गर्न मुचुल्का उठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।विशेष सुराकको आधारमा जुवाडे पक्रिन ३ भ्यान प्रहरी परिचालन भएको थियो । जुवाडेले प्रयोग गर्ने गरेको सेतो गाडीको प्रहरीले केही समयदेखि फलोअप गरिरहेको स्रोतले बतायो।घटनाबारे विस्तृत विवरण प्रहरीले दिएको छैन । प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको र मुचुल्का उठाउने कार्य भइरहेका बताए ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles