Thursday, December 5, 2024

बोर्डिङ स्कुलकाे शाैचालयकाे पर्खाल भत्किएर बालिकाकाे मृत्यु:-

ताजा / भरखरै प्राप्त

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकाकाे तिल्कानामा रहेकाे एक निजी विद्यालयमा भएकाे शौचालयको पर्खाल भत्किँदा पर्खालले च्यापिएर घाइते भएकी बालिकाको मृत्यु भएको छ।बढैयाताल-७ तिल्कानामा रहेको रिभर क्विन्स बोर्डिङ स्कुलकाे शौचालयको पर्खाल भत्किँदा घाइते भएकी ९ वर्षीया बालिका मेरिना थारूको मृत्यु भएको हो।
बढैयातालको फूलपुर निवासी उनको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो। बुधबार दिउँसो शाैचालय जाँदा शाैचालयभित्र रहेकाे पर्खाल भत्किएपछि बालिकाको पेट तथा चिउँडोमा चोट लागेको थियो।
घाईते भएकी बालिकालाई माेटरसाईकलमा राखेर विद्यालयकै शिक्षकले २५ किलाेमिटर पर बाँकेको नेपालगञ्जमा रहेकाे भेरी अस्पताल लगेका थिए । त्यहाँ उपचार भइरहेकै बेला बालिकाकाे मृत्यु भएकाे बालिकाका ठुलाेबुवा वीर बहादुर चाैधरीले बताए ।बालिकालाई घाईते भएकै अवस्थामा उपचारका लागि लग्दा समेत स्कुल प्रशासनले लापरवाही गरेका कारण बालिकाकाे ज्यान गएकाे उनले बताए ।‘भौतिक पूर्वाधार अपर्याप्तता रहेको स्कूलहरूलाई अनुगमनका क्रममा भौतिक पूर्वाधार लगायतका कुराहरू सुधार्न पालिकाले पटक पटक सुझाव दिँदै आएका थियाे,’ उनले भने, ‘घटनाले साह्रै दुःखी बनाएको छ।’ अब विद्यालयहरूलाई कडाइका साथ नियमन गर्नुपर्ने उनले बताए ।
स्कूलले घटना गुपचुप राख्ने प्रयास गरेकाे भन्दै उनले थपे, ‘छरछिमेकीबाट अभिभावकले घटना थाहा पाएका थियौं । बालिकाको आन्द्रा तथा हिपको मांसपेसीहरु फुटेको थियो। तर पनि विद्यालयले समयमा खबर गरेन ।’बालिकाकाे उपचारकै क्रममा निधन भएकाे अस्पताल प्रशासनले जनाएकाे छ । विद्यालयले बालिकाकाे परिवारलाई उचित क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने बालिकाका परिवारजनकाे भनाई छ,! साभार।

Previous article
प्रचण्डको विकल्प खोजेका छैनौं : वर्षमाननेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टीमा कसैले पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प नखोजेको बताएका छन् । तर उत्तराधिकारी तयार पार्न विधि भने विकास गर्नुपर्ने बताए ।काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलिरहेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उपमहासचिव पुनले प्रचण्डलाई सहयोग गर्न आफू तयार रहेको बताए । ‘अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन । अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान म तयार छु’ पार्टीमा विचारको नभई विधिको समस्या रहेको भन्दै उनले भने, ‘तर उत्तराधिकारी तयार पार्ने विधिको विकास गरेर जाऔं ।’ उनले पार्टी संगठनमा तीन एकको (पाका, प्रौढ र युवा) नीति लागू गर्नुपर्ने उनको प्रस्ताव छ ।उनले सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गरेको भन्दै जस्तोसुकै अप्ठ्यारो परिस्थिति आएपनि बीचैमा नरोकिने र रोक्न नहुने बताए ।‘छानबिन गर्दा पार्टीकै कोही नेता परे पनि सजाय भोग्न तयार हुनुपर्छ’ एक क्विन्टल सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिक दावा छिरिङसँग आठ वर्षअघि खिचेको सामूहिक तस्वीरलाई लिएर आफूबारे उठेको प्रश्नप्रति लक्षित गर्दै उनले भने, ‘यो अभियानले हामी कसैको बलिदान माग्छ भने पनि तयार हुनुपर्छ ।साभार।
Next article
२० साउन , पर्सा जिल्ला को वीरगञ्ज महानगरपालिकाले दर्ता नभई सञ्चालनमा रहेका तीन पांग्रे सवारीसाधन ( ई–रिक्सा)(रिक्सा) (अटो रिक्सा) लाई कारबाई गर्न शुरू गरेको छ ।महानगर मा दर्ता विना संचालनमा रहेका यस्ता तीन पांग्रे सवारीका कारण ट्राफिक व्यवस्थापनमा कठिनाई हुने गरेकाले जथाभावी संचालन गर्न रोक्न कारबाई थालेको हो ।जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा महानगरको सडक तथा यातायात व्यवस्था शाखाको संयुक्त टोलीले २ दिनमा ४५ वटा तीन पाङ्ग्रे सवारीलाई कारबाई गरेको छ ।गएको मंगलवार र बिहीवार २ दिन जाँच गर्न खटिएको टोलीले महानगरमा दर्ता नरहेको, बाटो इजाजत (रूटपरमिट) नलिएको, लाइसेन्स, ब्लुबुक जस्ता महŒवपूर्ण कागजात बिना नै सवारी संचालन गरिरहेको भेटेपछि कारबाई गरिएको महानगरको सडक तथा यातायात व्यवस्था शाखाका प्रमुख इन्जिनियर विजय गुप्ताले जानकारी दिनुभयो ।४५ वटा सवारीलाई पहिलो पटक भएकाले ५-५ सय जरिबाना तिराएर अबदेखि प्रकृया पुर्याएर मात्रै महानगरमा संचालन गर्न पाउने गरि छाडिएको बताउँदै उहाँले फेरि दोहोरिए ५ हजासम्म जरिबाना गरिने र सवारी नियन्त्रणमा लिने पनि उहाँले बताउनुभयो ।महानगरका मेयर राजेशमान सिंहले महानगरमा दर्ता रहेकाले मात्रै महानगरमा सेवा दिन पाउने गरी व्यवस्था मिलाउन निर्देशन दिए सँगै गएको साताबाट तीन पाङ्ग्रे सवारी साधन जाँचलाई तिब्रता दिइएको छ,!
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles