Monday, November 11, 2024

गोलभेडाको मूल्य अकाशिनुको कारण यस्तो रहेछ, धमाधम भारत पठाइयो

ताजा / भरखरै प्राप्त

उत्पादनको कमी र भारत निर्यात गरिएका कारण नेपालमा गोलभेडाको मूल्य वृद्धि भएको व्यवसायीहरुले बताएका छन् ।एक महिना अगाडि मात्रै नेपाली किसानहरुले उत्पादन गरेको गोलभेडाले बजार मूल्य नपाउँदा सडकमा फाल्नु परेको थियो । तर ठिक एक महिनापछि गोलभेडाको मूल्य एक्कासी माथि पुगेको व्यवसायीहरुले बताए । उनीहरुले पछिल्लो समय किसानहरुले उत्पादन गरेको गोलभेडा भारतमा समेत जान लागेकाले बजार मूल्य बढेको बताए ।
व्यावसायीहरुले केही समयपहिला नेपालमा उत्पादन उच्च रहेको बेला भारतमा पनि नगएको र नेपाली बजारमा १० रुपैयाँमा पनि नबिकेको भन्दै सडकमा गोलभेडा फालिएको बताए । कालिमाटी फलफूल तथा तरकारी बजारकी गोलभेडा व्यापारी तारादेवी मगरले तरकारीको मूल्यमा उतारचढाव आउनुको कारण उत्पादन भएको बताइन् । उनले अघिल्लो वर्ष एउटा तरकारी धेरै खपत भयो भने अर्को वर्ष सबै किसानले एउटै तरकारी उत्पादन गर्नुको कारणले पनि यस्तो भएको बताइन् ।
उनले पछिल्लो समय भारतमा बढी पानी परेर डुबान भएको कारण गोलभेडाको मूल्य उच्च रुपमा बढेको र नेपालबाट भारत निर्यात गरिनाले यता मूल्य बढेको बताइन् । एक महिना अघि नेपाली उत्पादन गोलभेडा फालाफाल हुँदा भारतमा समेत गएन तर अहिले नेपाली उत्पादन गोलभेडा करिब ७० प्रतिशत भारतमा गइरहेको उनको भनाइ छ । नेपाली बजारमा गोलभेडाको कमी भएको अवस्थामा भारतमा गोलभेडा निर्यात गर्दा मूल्य वृद्धि भएको उनको भनाइ छ ।
यदि गोलभेडा भारत नगएको भए अहिले नेपाली बजारमा ५० रुपैयाँ किलोभन्दा माथि जाने अवस्था नभएको उनको अनुभव छ । उनले अघिल्लो वर्ष यही समयमा प्रति क्रेट २००० सम्म रहेकोमा अहिले टनेल भन्दा बाहिरको गोलभेडा २ हजार ५०० र टनेलभित्रको २ हजार ८०० प्रति क्रेट मूल्यमा बिक्रि भइरहेको बताइन् । भारतमा समेत २ हजार ८०० प्रति क्रेट गोलभेडा गइरहेको बताउँदै उनले अहिले नेपाली बजारमा गोलभेडा किलोको १४० रुपैयाँसम्म रहेको बताइन् ।
गोलभेडा व्यवसायी द्वारिका अधिकारीले विगतको तुलनामा यो वर्ष तरकारी सस्तो रहे पनि गोलभेडा अत्याधिक महँगो भएको बताए । उनले अहिले तरकारी बजारमा महँगो भनेको गोलभेडा मात्रै रहेको भन्दै गोलभेडा बाहेक अन्य तरकारीको उत्पादनमा वृद्धि भएको कारण मूल्य वृद्धि नभएको बताए ।अर्का तरकारी व्यवसायी बद्रीलाल श्रेष्ठले गोलभेडाको मूल्यमा पछिल्लो ३० वर्षको अवधिमा यो वर्षको जस्तो उतारचढाव नभएको बताए । उनले नेपाली उत्पादन गोलभेडा यो वर्ष नै सडकमा फाल्ने देखि १४० रुपैयाँसम्म मुल्य पुग्ने खालको उतारचढाव देखिएको बताए । कालिमाटी तरकारी बजारमा होलसेलमा नै १२० सम्म पुगेको सुनाउँदै उनले कृषि उत्पादनमा किसानहरुको ज्ञान नभएर पनि उत्पादन कमी हुने र बजार मूल्य नपाउने जस्ता समस्या आइरहने गरेको बताए ।
कालीमाटी बजार विकास समितिले आइतबारका लागि नेपाली गोलभेडाको ठूलोका मूल्य प्रतिकिलो १६८.३३ रुपैयाँ कायम गरेको छ ।

Previous article
Next article
पदमा रंहदा बाघ, र जागीर पछी मुसा ?पुर्ब प्रहरी एसएसपी बसन्त कुवर !अफिसर हरु त्यही सम्मानित हुन ,जो पदमा रंहदा वा नरहंदा समान रेस्पेक्ट डिजर्भ गर्दछन् । प्रहरीमा एक अफीसर देंखे भुबन चन्द्र भट्ट , जो पदमा रंहदा वा नरहंदा समान रेस्पेक्ट डिजर्भ गर्दछन्। अफिसर हरुले सम्मान डिजर्भ गर्ने मुख्य रुपमा नीम्न तरीका रहेछन् । पहीलो – ती अतीनै सहयोगी थिए। उनी सबैको भलाइका लागी संधै सक्रिए रहन्थे । दोश्रो – ति अतिमै नैतिक थिए जस्को नैतिकता र कामले संपुर्ण फौजकै इज्जत बडेको थियो। जस्को नैतीकताका उदाहरण प्रहरी बिच भाषण वा प्रशिक्षणमा लिइने गरीन्छ । तेश्रो – ती अतिनै इन्टेलिजेन्ट थिए जस्को क्रीएसनले पुरै फौजको संरचना र ब्रीत्त बिकास तथा प्रहरी कारबाहीमा एक नया दौरको सुरुवात भएको थियो । चौंथो – तीन्ले फौजका लागी अद्वीतीए कल्याणका काम हरु गरेर गए जस्को फाइदा हज्जारौं बहाल तथा पुर्ब प्रहरी हरुले पाइ रहेका छन् । पॉचौं – ति अतिनै बहादुर थिए जस्का बहादुरीका चर्चा फौजका लागी उदाहरण बनेको छ ।तालीमकेन्द्र हरुमा तिन्का बहादुरीका कथा हरु पढ्न पढाइन्छ ।तीन्का बहादुरीले देसको क्षती रोकिएको थियो। फौजको सम्मान अकल्पनीए रुपमा बडेको थियो। माथिका ब्राण्डका अफिसर हरु २०४८ साल पछी उत्पादन हुनै छोडे।यो स्कुलीडंमा अफीसर हरुको ग्रुमीडंनै हुन छोड्यो ।यस्ता अफीसर हरु न राज्य संचालक हरुले खोजे न हाकिमले चाहे न साथि भाइ लाइ नै मन पर्यो । एक तह पदोन्नती र राम्रो सरुवाका लागी राजनैतीक प्राणिको चाकडी गर्दै आइजीपी हरुको वा राजनैतीक दलको गुटमा बसेर केबल आफ्ना भलाइका लागी अगाडी नैतीकताको भाषण छाट्दै पछाडी चरम फटाही र भ्रष्टाचार गर्दै जागीर खाने हरु “ जागीरमा रहंदा बाघ र जागीर पछी मुसो “ हुनु को बिकल्प पनी भएन। हाम्रा प्रहरी जिबन त हाम्रा पालाका हाकिम हरुको मुड, तिन्का इच्छ्या , आकॉक्षा ,जान्न र पुरा गर्नमै बित्यो । तीन्का सेबा नै आफ्नो सपथको कर्तब्य ठानीयो ।युनिफर्म लगाउदा खाएका कसम पुरा गर्ने आफ्ना इच्छ्या ऑकाक्षा हरु त कि दबाइयो कि लुकाइयो अनी अबकास पछी मुसो हुनु को बिकल्प नै भएन। चुप चाप मुसो हुन तयार भइयो। बाघ भनौ त कोहि मान्दैनन् ? मेरो बुझाइमा प्रसस्त बाघ हरु बरु प्रहरीका तल्ला तहमा भेटिन्छन् जस्ले सपथ अनुरुप काम गर्न पाए।तिन्ले आफ्ना लागी भन्दा बडी राज्यका लागी काम गरेर गए।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles