Monday, February 17, 2025

न्यायाधीशका पीएसओको पेस्तोल चोरीकाठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पीएसओ) प्रभाकार खड्काको पेस्तोल चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २४ वर्षी य वासुदेव थामी र सिन्धुलीका मेगबहादुर तामाङ छन् ।जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमुद ढुंगेलका अनुसार, उनीहरुले असार ३० मा चोरी गरेको पेस्तोल बौद्धको शिवमन्दिर नजिकै बरामद भएको छ । त्यसमा लाग्ने ७ राउण्ड गोली पनि बरामद भएको छ ।प्रहरीका अनुसार, सई खड्काको घर नजिकै उनीहरु चोरी गर्न गएका थिए । फर्किँदा झ्याल खुल्लै देखेपछि अंकुशे लगाएर झोला तानेका थिए । झोलाभित्र खड्काले पेस्तोल, त्यसमा लाग्ने गोली लगायत राखेका थिए ।पेस्तोल चोरी भएलगत्तै उनले भोलिपल्ट प्रहरी वृत्त, बौद्धमा जानकारी गराएका थिए । जिल्ला प्रहरी परिसर, काठमाडौंले थप अनुसन्धान गरिरहेको छ ।

ताजा / भरखरै प्राप्त

Previous article
साउन २०/ गते – पुर्व प्रहरीकर्मचारी परिषद नेपाल पर्सा को आयोजना मा कार्य समिति गठन सम्पन भएको छ,! ———– —- — — —- पर्सा जिल्ला को एकटंगा पर्सागढि नगपालिका वडा नं ९ मा गठन गरिएको नामावली- पुर्ब प्रहरी प्र. स.नि.अध्यक्ष भगवान प्रसाद यादव,पुर्ब प्रहरी प्र.ना.नि. उपाध्यक्ष गुलाब चन्द्र राय भुमियार, कोषाध्यक्ष गोबर्धन प्रसाद यादव, कोषाध्यक्ष पर्व प्रहरी प्र.ह. हृदयानारायण गाैरो , ——————————— आज मिति :- २०८०/०४/२० गते – शनिवार बिहान ११:३० बजे , मधेश प्रदेश को पर्सा जिल्ला पर्सागढि नगरपालिका वडा नं ९ एकटांगा टोल को श्री.ने.रा.प्रा.आधारभुत विधालय एकटांगा पर्साको प्रागणमा सम्पन्न भएको छ,! पुर्व प्रहरी कर्मचारी परिषद नेपाल कार्य समिति गठन बारे छलफल पर्सागढि नगरपालिका वडा नं ९ एकटंगा पर्साको प्रथम सम्मेलन सम्पन्न गरिएको छ, !! प्रमुख अतिथि मधेस प्रदेश अधयक्ष प्र.ना.नि.पुर्ब बिरेन्द्र प्रसाद यादव केन्द्रीय सदस्य, र हामी पुर्ब प्रहरी विभिन्न दर्जा विभिन्न ठाउ बाट आएको संख्या १०० जना को संख्यामा उपस्थिति रहेको थियो,! आयोजक पुर्ब प्रहरी कर्मचारी परिषद नेपाल कार्य समिति गठन बारे छलफल सम्पन्न भएको छ,! पर्सा पुर्ब प्रहरी कर्मचारी परिषद नेपाल परिवार को तर्फबाट बधाई हार्दिक बधाई ???????? जयनेपाल ????????
Next article
भारतमा कार दुर्घटना हुँदा नेपालगञ्जका ६ जनाको मृत्युबाँके । भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी बाँकेको नेपालगञ्जका दुई परिवारका ६ जनाको मृत्यु भएको छ ।भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए राति गाईसँग ठोक्किँदा दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।दुर्घटनामा परी नेपालगञ्ज सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय बैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ता तथा नेपालगञ्जको त्रिभुवनचोकस्थित एस कुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताको छोरा २२ वर्षीय निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिती गुप्ताको मृत्यु भएको हो ।दुर्घटनामा परी गम्भीर घाइते भएका गाडी चालक अजय मिश्रको उपचार भइरहेको छ । शनिबार बिहान निलान्स र सुनिती मामाघर घुम्न र बैभव माइतीमा रहेकी श्रीमती दिपीकालाई लिन बलरामपुर पुगेर फर्किने क्रममा दुर्घटना भएको सन्तोष गुप्ताले जानकारी दिए ।दुर्घटनाको खबरले नेपालगञ्जको त्रिभुवनचोक क्षेत्र शोकमा डुबेको छ । त्रिभुवन चोकका बासिन्दा मृत्युको खबर पाएदेखि रातभर सुतेका छैनन् । गुप्ताको घरमा आफन्तजन र स्थानीयवासीको भीड लागेको स्थानीय दीपानन्द गुप्ताले बताए ।स्थानीय ब्राइटल्यान्ड कलेजमा बिबीएस तेस्रो सेमेस्टरमा अध्ययनरत सुनितीको निधनको खबरले कलेजका विद्यार्थी शोकमग्न भएको सहपाठी आकृति रानाले बताइन् ।मृतकको भारतको बहराइचमा परीक्षणपछि शव नेपाल ल्याउनका लागि आवश्यक प्रक्रियाको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।रासस।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles