Friday, January 17, 2025

सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने गरी कानुन बन्‍दैन : कानुनमन्त्री गुरूङकानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने गरी कानुन नबनाउने बताएका छन् ।नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको सूचना प्रविधि विधेयकमाथिको छलफल कार्यक्रममा मन्त्री गुरुङले सञ्चार माध्यमलाई नभई सामाजिक सञ्जाललाई नियमिन गर्ने विषयमा छलफल भएको बताए ।

ताजा / भरखरै प्राप्त

‘सूचना प्रविधि विधेयकबारे व्‍यापक छलफल भएको छ। तर, सञ्चार क्षेत्रलाई नियन्त्रण हुने गरी कानुन बन्‍दैन । यति बुझ्नुस्’ उनले भने ।उनले अगाडि भने, ‘शीर्ष नेताको बैठकमा त्यो कुरा उठेकै हो । सोसल मिडियाले अति नै गर्न थाले, जे पायो त्यही गरेको छ । मलाई त सुनैसुन लाएर सुन बुढा बनाए भन्ने कुरा उठेको थियो । यो अवस्थालाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा भएको हो ।’
तर आमसञ्चार माध्यमलाई नियन्त्रण गर्नेगरी विधेयक बनाउनुपर्छ भन्ने कुरा नआएको पनि उनले जिकिर गरे । सञ्‍चार मन्त्रालयले सामाजिक सञ्जाल नियन्त्रणका लागि विधेयक मस्यौदा भएको आफूले सुने पनि त्यसबारे थप जानकारी नरहेको मन्त्री गुरुङले बताए ।कार्यक्रममा सहभागी पत्रकारहरुले भने सञ्चार माध्यम र अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने ढंगले कानुन बनाउन नहुने धारणा राखेका थिए ।

Previous article
२० साउन , पर्सा जिल्ला को वीरगञ्ज महानगरपालिकाले दर्ता नभई सञ्चालनमा रहेका तीन पांग्रे सवारीसाधन ( ई–रिक्सा)(रिक्सा) (अटो रिक्सा) लाई कारबाई गर्न शुरू गरेको छ ।महानगर मा दर्ता विना संचालनमा रहेका यस्ता तीन पांग्रे सवारीका कारण ट्राफिक व्यवस्थापनमा कठिनाई हुने गरेकाले जथाभावी संचालन गर्न रोक्न कारबाई थालेको हो ।जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा महानगरको सडक तथा यातायात व्यवस्था शाखाको संयुक्त टोलीले २ दिनमा ४५ वटा तीन पाङ्ग्रे सवारीलाई कारबाई गरेको छ ।गएको मंगलवार र बिहीवार २ दिन जाँच गर्न खटिएको टोलीले महानगरमा दर्ता नरहेको, बाटो इजाजत (रूटपरमिट) नलिएको, लाइसेन्स, ब्लुबुक जस्ता महŒवपूर्ण कागजात बिना नै सवारी संचालन गरिरहेको भेटेपछि कारबाई गरिएको महानगरको सडक तथा यातायात व्यवस्था शाखाका प्रमुख इन्जिनियर विजय गुप्ताले जानकारी दिनुभयो ।४५ वटा सवारीलाई पहिलो पटक भएकाले ५-५ सय जरिबाना तिराएर अबदेखि प्रकृया पुर्याएर मात्रै महानगरमा संचालन गर्न पाउने गरि छाडिएको बताउँदै उहाँले फेरि दोहोरिए ५ हजासम्म जरिबाना गरिने र सवारी नियन्त्रणमा लिने पनि उहाँले बताउनुभयो ।महानगरका मेयर राजेशमान सिंहले महानगरमा दर्ता रहेकाले मात्रै महानगरमा सेवा दिन पाउने गरी व्यवस्था मिलाउन निर्देशन दिए सँगै गएको साताबाट तीन पाङ्ग्रे सवारी साधन जाँचलाई तिब्रता दिइएको छ,!
Next article
साउन २०/ गते – पुर्व प्रहरीकर्मचारी परिषद नेपाल पर्सा को आयोजना मा कार्य समिति गठन सम्पन भएको छ,! ———– —- — — —- पर्सा जिल्ला को एकटंगा पर्सागढि नगपालिका वडा नं ९ मा गठन गरिएको नामावली- पुर्ब प्रहरी प्र. स.नि.अध्यक्ष भगवान प्रसाद यादव,पुर्ब प्रहरी प्र.ना.नि. उपाध्यक्ष गुलाब चन्द्र राय भुमियार, कोषाध्यक्ष गोबर्धन प्रसाद यादव, कोषाध्यक्ष पर्व प्रहरी प्र.ह. हृदयानारायण गाैरो , ——————————— आज मिति :- २०८०/०४/२० गते – शनिवार बिहान ११:३० बजे , मधेश प्रदेश को पर्सा जिल्ला पर्सागढि नगरपालिका वडा नं ९ एकटांगा टोल को श्री.ने.रा.प्रा.आधारभुत विधालय एकटांगा पर्साको प्रागणमा सम्पन्न भएको छ,! पुर्व प्रहरी कर्मचारी परिषद नेपाल कार्य समिति गठन बारे छलफल पर्सागढि नगरपालिका वडा नं ९ एकटंगा पर्साको प्रथम सम्मेलन सम्पन्न गरिएको छ, !! प्रमुख अतिथि मधेस प्रदेश अधयक्ष प्र.ना.नि.पुर्ब बिरेन्द्र प्रसाद यादव केन्द्रीय सदस्य, र हामी पुर्ब प्रहरी विभिन्न दर्जा विभिन्न ठाउ बाट आएको संख्या १०० जना को संख्यामा उपस्थिति रहेको थियो,! आयोजक पुर्ब प्रहरी कर्मचारी परिषद नेपाल कार्य समिति गठन बारे छलफल सम्पन्न भएको छ,! पर्सा पुर्ब प्रहरी कर्मचारी परिषद नेपाल परिवार को तर्फबाट बधाई हार्दिक बधाई ???????? जयनेपाल ????????
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles