प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्व उपप्रधानमन्त्री एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार साह, पूर्व भूमिसुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
काठमाडौं जिल्ला अदालतले पछिल्लो पटक गच्छदारसहित तत्कालीन मन्त्रीहरू चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ र सञ्जय साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ । आइतबार नै उनीहरू विरुद्ध पक्राउ पुर्जी जारी गरिएको सीआईबीले जानकारी दिएको छ ।
गच्छदार तत्कालीन उपप्रधान एवं भौतिक योजनामन्त्री र नेपाली कांग्रेसका नेता हुन् । जोशी र श्रेष्ठ तत्कालीन भूमिसुधार मन्त्री हुन् । साह तत्कालीन राज्यमन्त्री हुन् । गच्छदार उपप्रधान एवं भौतिक योजनामन्त्री हुँदा साह सोही मन्त्रालयमा राज्यमन्त्री थिए । उनी जनकपुर बमकाण्डमा दोषी ठहर भई हाल नख्खु कारागारमा जेलजीवन बिताइरहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचार सम्बन्धी मुद्दामा पनि गच्छदार, जोशी र श्रेष्ठ प्रतिवादी थिए । सीआईबीले यसअघि यो प्रकरणमा ४ पूर्व सचिवसहित ४०६ जना विरुद्ध पक्राउ पुर्जी लिइसकेको छ ।
ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगो विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तीमध्ये एक पूर्व सहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त समेत रहेका दीप बस्न्यात फरार छन् ।
११२ रोपनी ४ आना एक पैसा जग्गा हिनामिना प्रकरणमा चार वटा मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । ११२ रोपनी ४ आना १ पैसा जग्गा हिनामिना भएको मुद्दा नम्बर २४ मा २०९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
लेखकबाट थप
सम्बन्धित पोस्ट
दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ
दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ
साउन २२, २०८० सोमबार
माेटरसाइकलको ऐनाभित्र लुकाएर लागुऔषध कारोबार
माेटरसाइकलको ऐनाभित्र लुकाएर लागुऔषध कारोबार
साउन २१, २०८० आइतबार
देशका विभिन्न स्थानबाट लागुऔषधसहित नौजना पक्राउ
देशका विभिन्न स्थानबाट लागुऔषधसहित नौजना पक्राउ
साउन २१, २०८० आइतबार
नेपालबहस ट्रेन्डिङ
घुस लिएको भिडयो भाइरल भए पछि दुइ प्रहरी निलम्बनमा
घुस लिएको भिडयो भाइरल भए पछि दुइ प्रहरी निलम्बनमा
नेपालबहस संवाददाता
साउन २१, २०८० आइतबार
प्रहरीका फूटबल खेलाडीबीच कुटाकुट हुँदा एक जना सख्त घाइते
प्रहरीका फूटबल खेलाडीबीच कुटाकुट हुँदा एक जना सख्त घाइते