
यता मेलम्ची, हेलम्बू क्षेत्रमा वर्षात् हुने बित्तिकै बाढीको जोखिम त हुन्छ नै, हिउँदमा पनि सुख्खा पहिरोले उत्तिकै सताउँछ । पानी पर्ने बित्तिकै मेलम्ची खोलामा आउने बाढीले पिरोल्छ । दुई वर्षअघि एकैदिन घरबारविहीन बनेका मेलम्ची खोला आसपासका स्थानीयको बसाई त्रासपूर्ण छ ।
विपद्का दृष्टिले उच्च जोखिमको सूचीमा रहेको सिन्धुपाल्चोकमा स्थानीयलाई विपद्को पूर्वसूचना दिन जिल्ला विपत व्यवस्थापन समितिले तरामाराङ, मेलम्ची, बाहुनेपाटी र भोटेकोशीको झिर्पुमा साइरन राखेको छ । त्यस्तै भोटेकोशी गाउँपालिकाले वर्षा मापन केन्द्र सूचना प्रणाली पनि राखेको छ । तर अविरल वर्षाका कारण भोटेकोशी, मेलम्ची र ठाडोखोलाको बहाव बढ्न थालेपछि स्थानीयहरू त्रासमा दिन कटाइरहेका छन् । उनीहरूको पीडामा सरकार संवदनशील हुन नसक्दा बर्सेनि विपद्को सामना गर्न बाध्य छन् ।साभार